१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २४ सोमबार
  • Monday, 06 May, 2024
नयाँ पत्रिका काठमाडाैं
२o८१ बैशाख २४ सोमबार १४:४८:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

राज्यको सम्पूर्ण शक्ति कोरोना नियन्त्रणमा लगाउनुपर्छ : केसी

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८१ बैशाख २४ सोमबार १४:४८:oo

नेपाली कांग्रेसका नेता अर्जुननरसिंह केसीले राज्यको सम्पूर्ण शक्ति कोरोना नियन्त्रणमा लगाउनुपर्ने बताएका छन् । सोमबार नुवाकोटमा आयोजित एक कार्यक्रममा बोल्दै नेता केसीले सरकारले विकास र समृद्धिका ठूला कुरा नगरी यतिखेर नेपालीको जीवनरक्षाका लागि राज्यको सम्पूर्ण शक्ति र सम्पत्ति लगाउनुपर्ने बताएका हुन् । 

राजनीति पछि पनि गर्न सकिने भन्दै उनले पहिले जनताको जीवन बचाउन सरकारको ध्यानाकर्षण गराए । उनले भने, ‘हामी सरकारलाई पनि भन्न चाहन्छौँ, अहिले तिमी ठूला–ठूला विकास, समृद्धिका सपना, झुटको खेती नगर । जम्मै भएभरको राष्ट्रिय शक्ति र सम्पत्तिको कोभिड महामारीबाट नेपाली जनतालाई मुक्ति बनाउनको निम्ति गर । पहिले नेपाली जनता बाँचुन्, पहिले नेपाली जनताको सुरक्षा गरौँ । राजनीति भोलि गरुँला । राजनीति पछि गर्न सकिन्छ । अहिले जनताको स्वास्थ्य नै केन्द्रबिन्दु हो भन्ने राष्ट्र, राजनीतिक दल र सरकार सबैले लिनुपर्छ ।’

नेता केसीले अहिले सबै राजनीतिक दल र सरकारले जनताको स्वास्थ्यलाई केन्द्रबिन्दुमा राख्नुपर्ने बताए । 

ad
ad