१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १४ शुक्रबार
  • Friday, 26 April, 2024
नयाँ पत्रिका
२०७५ फाल्गुण ७ मंगलबार १२:००:००
Read Time : < 1 मिनेट
मुख्य समाचार

वरिष्ठ न्यायाधीश दीपकराज जोशीले दिए राजीनामा

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२०७५ फाल्गुण ७ मंगलबार १२:००:००

सर्वोच्च अदालतका वरिष्ठ न्यायाधीश दीपकराज जोशीले पदबाट राजीनामा दिएका छन् । जोशीले प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरामार्फत राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष राजीनामा दिएका हुन् । 

संसदीय सुनुवाइ समितिले प्रधानन्यायाधीशका लागि जोशीको नाम अनुमोदन नगरेपछि न्याय सम्पादन गर्ने वा नगर्ने विवादका बीच उनले सर्वोच्च अदालतमा काम गरिरहेका थिए ।  

प्रधानन्यायाधीशमा जबरा नियुक्त भएसँगै उनलाई न्याय सम्पादनको जिम्मेवारीबाट मुक्त गरिएको थियो । जोशी बिदामा बसेका थिए। उनको कार्यकाल आगामी जेठसम्म थियो । - रासस