Skip This
Skip This
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
२०७८ जेठ २६ बुधबार १५:२८:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

गोरखाका ५ स्थानीय तहलाई एम्बुलेन्स हस्तान्तरण

एम्बुलेन्स र स्वास्थ्य सामाग्री गरी करिब एक करोड बराबरको स्वास्थ्य सामाग्री सहयोग

Read Time : < 1 मिनेट
२०७८ जेठ २६ बुधबार १५:२८:००

सम्भव नेपालले गोरखाका ५ स्थानीयतहलाई एम्बुलेन्स र स्वास्थ्य सामाग्री सहयोग गरेको छ । बुधबार गोरखा नगरपालिकामा आयोजित कार्यक्रममा सम्भव नेपालका सस्थापक अध्यक्ष प्रेम खत्रीले स्थानीय तहका जनप्रतिनिधिहरूलाई एम्बुलेन्स हस्तान्तरण गरेका हुन् ।

गोरखा नगरपालिकालाई दुईवटा, सहिद लखन, गण्डकी, भीमसेन थापा र धार्चे गाउँपालिकालाई एक–एकवटा एम्बुलेन्स हस्तान्तरण गरिएको अध्यक्ष खत्रीले जानकारी दिए ।

कोरोना महामारीको समयमा बिरामी बोक्नुका साथै अन्य समयमा पनि गर्भवती, सुत्केरी तथा ज्येष्ठ नागरिकलगायतका अन्य बिरामीहरूलाई स्वास्थ्य संस्थासम्म आउजाउमा सहयोग पुर्‍याउन एम्बुलेन्स सहयोग गरिएको उनले बताए । एम्बुलेन्समा कोभिडका बिरामी बोक्न मिल्ने गरी अक्सिजन सिलिन्डरसहितको स्वास्थ्य सामग्रीको व्यवस्था गरिएको छ । कोभिड संक्रमणको जोखिम कम गर्न चालक र बिरामी सिटबीचमा पार्टेसन गरी सुरक्षित बनाइएकोसमेत उनले बताए । 

एउटा एम्बुलेन्स लागत करिब १२ लाख रहेको र ६ वटा एम्बुलेन्सका करिब ७२ लाख परेको अध्यक्ष खत्रीले जानकारी दिए । महामारीको समयमा आफू जन्मिएको जिल्लालाई सहयोग गर्न पाउँदा खुसी लागेको उनी बताउँछन् । 

संस्थाले स्वास्थ्य सामग्रीसमेत हस्तान्तरण गरेको छ । अध्यक्ष खत्रीले सबै स्थानीय तहलाई एकमुष्ठ रूपमा अक्सिजन सिलिन्डर, मास्क, स्यानिटाइजर, ग्लोब्स, स्ट्रेचर, भिटियम, अक्सिमिटर, एन्टिजेन किट, स्प्रेगन, थर्मल गन र पिपिई स्थानीय तहका जनप्रतिनिधिलाई हस्तान्तरण गरेका थिए ।