१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १४ शुक्रबार
  • Friday, 26 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७८ जेठ २२ शनिबार १९:५५:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

उपप्रधानमन्त्री महत्तोको संविधानविरोधी अभिव्यक्तिबारे स्पष्ट पार्न नेपाल–खनाल समूहको माग 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७८ जेठ २२ शनिबार १९:५५:००

एमाले वरिष्ठ नेता माधवकुमार नेपाल र झलनाथ खनाल समूहका स्थायी समिति सदस्यहरूले नेपाललाई बहुराष्ट्रिय राज्य बनाउने उपप्रधानमन्त्री राजेन्द्र महताेको संविधानविरोधी अभिव्यक्तिबारे स्पष्ट पार्न माग गरेका छन् । शनिवार सामूहिक वक्तव्य जारी गर्दै राष्ट्रिय अखण्डताविरोधी अभिव्यक्तिबारे प्रस्ट पार्न प्रधानमन्त्री केपी ओलीसमक्ष माग गरेका हुन् ।

‘प्रधानमन्त्री केपी ओलीबाट उपप्रधानमन्त्री पदमा नियुक्त राजेन्द्र महतोले सरकारमा जानासाथ विगतमा टुंगो लागिसकेको तथा संविधानसभा र नेपाली जनताबाट अस्वीकृत नेपाललाई बहुराष्ट्रिय राज्य बनाउने भन्ने कुरालाई पुनः दोहोर्‍याई यसका लागि कथित मुक्ति संग्रामको कुरा गरी राष्ट्रिय हित र अखण्डताविरोधी अभिव्यक्ति दिनु निन्दनीय छ । यस्तो अभिव्यक्ति नेपालको संविधानको धारा ३ मा उल्लेखित “बहुजातीय, बहुभाषिक, बहुधार्मिक, बहुसांस्कृतिक विशेषतायुक्त, भौगोलिक विविधितामा रहेका समान आकांक्षा र नेपालको राष्ट्रिय स्वतन्त्रता, भौगोलिक अखण्डता, राष्ट्रिय हित तथा समृद्धिप्रति आस्थावान् रही एकताको सूत्रमा आबद्ध सबै नेपाली जनता समष्टिमा राष्ट्र हो” भन्ने व्यवस्थाको विरुद्धमा छ । यो कुनै पनि देशभक्त नेपालीलाई स्वीकार्य हुन सक्दैन। उपप्रधानमन्त्रीको संविधानविरोधी उक्त अभिव्यक्तिबारे प्रधानमन्त्री केपी ओलीबाट स्पष्ट गर्न माग गर्दछौँ ।’ नेपाल र खनालसहित स्थायी समितिको सामूहिक वक्तव्यमा भनिएको छ ।