मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्तामल्टिमिडियाखेलकुदविश्वप्रवासकोरोना अपडेटकर्नर किकसम्पादकीयस्वास्थ्य र जीवनशैली१३औँ वार्षिकोत्सव विशेषांकफिचरलाेकसेवा१४औँ वार्षिकोत्सव विशेषांकप्रेरक प्रसंग१२औँ वार्षिकोत्सव विशेषांकसप्तरंगटर्निङ प्वाइन्ट्स-२०१९टर्निङ प्वाइन्ट्स-२०२०प्रदेशब्लगEnglishटर्निङ प्वाइन्ट्स-२०२१
  • वि.सं २०७८ असार ९ बुधबार
  • Wednesday, 23 June, 2021
संजित परियार काठमाडाैं
२०७८ जेठ २२ शनिबार ११:३९:००
Read Time : < 1 मिनेट
मल्टिमिडिया डिजिटल संस्करण

काँधको शोभा हलो र जुवा हातमा कोदाली ...(फोटोफिचर)

Read Time : < 1 मिनेट
संजित परियार, काठमाडाैं
२०७८ जेठ २२ शनिबार ११:३९:००

काँधको शोभा हलो र जुवा हातमा कोदाली
जीवन धान्न गर्नु नै पर्ने उकाली ओराली
छुपुमा छुपु हिलोमा धान रोपेर छोडौंला
बनाइ कुलो लगाइ पानी आएर गोडौंला

काठमाडौं उपत्यका वरिपरिका विभिन्न स्थानमा धान रोप्न सुरु भएको छ। असारलाई रोपाइँको महिना भनिए पनि काठमाडौं उपत्यकामा छिट्टै पानी परेका कारण जेठबाटै रोपाइँ सुरु हुन थालेको छ।  

काठमाडौंको साँखु फाँटमा धान रोपाइँमा व्यस्त थिए किसानहरू। हामी त्यहाँ पुग्दा किसानहरू रमाइलो गरिरहेका थिए । कोही मादल बजाएर गाउँदै थिए, कोहि कोदाली हातमा लिएर नाच्दै थिए त कोही हिलो खेल्दै थिए । साँखु फाँटमा देखिएका केही दृश्य :