१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७८ जेठ २२ शनिबार
  • Sunday, 06 July, 2025
एजेन्सी बुनेर्स
२o७८ जेठ २२ शनिबार o८:१४:oo
Read Time : > 1 मिनेट
खेलकुद प्रिन्ट संस्करण

मेसीले गरे म्याराडोनाको प्रतिमा सार्वजनिक

Read Time : > 1 मिनेट
एजेन्सी बुनेर्स
नयाँ पत्रिका बुनेर्स
२o७८ जेठ २२ शनिबार o८:१४:oo

अर्जेन्टिनाको प्रसिद्ध रंगशाला मार्डे डे सिउडाडेसमा डिएगो म्याराडोनाको प्रतिमा सार्वजनिक भएको छ । बिहीबार २०२२ को विश्वकप फुटबल छनोट प्रतियोगिता अघि अर्जेन्टिनाका कप्तान लियोनल मेसीलगायत खेलाडीले मार्डे रंगशालामा म्याराडोनाको प्रतिमा सार्वजनिक गरेका हुन् । गत नोभेम्बरमा ६० वर्षको उमेरमा म्याराडोनाको हर्ट एट्याक्टबाट निधन भएको थियो । म्याराडोनाको प्रतिमा सार्वजनिक गरेपछि अर्जेन्टिनाले चिलीसँग प्रतिस्पर्धा गरेको थियो ।

जसमा अर्जेन्टिना १–१ को बराबरीमा रोकियो । चिलीका लागि आर्सनल तथा म्यानचेस्टर युनाइटेडका पूर्वखेलाडी एलेक्सिस सान्चेज र अर्जेन्टिनाका लागि मेसीले पेनाल्टी गोल गरेका थिए । बराबरी नतिजापछि अर्जेन्टिना तालिकाको दोस्रो स्थानमा छ । अर्जेन्टिनाले पाँच खेलबाट ११ अंक बटुलेको छ । शीर्ष स्थानमा ब्राजिल छ । मंगलबार अर्जेन्टिनाले कोलम्बियासँग खेल्नेछ । 

विश्वकप विजेता कप्तान म्याराडोनाको निधनपश्चात् अर्जेन्टिनी फुटबल टोली पहिलोपटक मैदानमा फर्किएको हो । सान्टिएगो डेल इस्ट्रेरोमा म्याराडोनाको प्रतिभा सार्वजनिक गर्ने क्रममा सीमित व्यक्ति मात्र उपस्थिति भएका थिए । म्याराडोनाको उभिएको प्रतिमामा उनका दुवै हात कम्भरमा र बल बायाँ खुट्टामा राखिएको छ ।

खेलाडीहरूले अर्जेन्टिनी जर्सीमा ‘म्याराडोना’ नाम अंकित फोटोग्राफ लिए । खेलाडीहरूले अर्जेन्टिनी फुटबल इतिहासकै महान् खेलाडीका रूपमा म्याराडोनाको प्रशंसा गरेका छन् । स्टाडियो युनिको मार्डे रंगशालाको क्षमता ३० हजार दर्शकको हो । सन् २०१९ मा यसको उद्घाटन भएको थियो । रंगशालाको उद्घाटन दिनमै सुपरकोपा अर्जेन्टिना कपअन्तर्गत रिभर प्लेटले रेसिङ क्लबलाई ५–० ले हराएको थियो ।

फुटबलकै लिजेन्ड गुमाएको सात महिनापछि राष्ट्रिय टोलीबाट प्रतिस्पर्धा गर्दा खल्लो लागेको अर्जेन्टिनी टोलीका कप्तान मेसीले प्रतिक्रिया दिएका छन् । ‘विश्वकप छनोटअन्तर्गत चिलीविरुद्धको खेल महत्वपूर्ण थियो, हामी म्याराडोनाको निधनपछि पहिलोपटक राष्ट्रिय टोलीबाट खेल्दै थियौँ, म्याराडोनाको समर्थनविनाको यो निकै रमाइलो लागिरहेको छ,’ मेसीले भने । 

विगतमा अर्जेन्टिनी राष्ट्रिय टोलीको खेलमा म्याराडोनाले समर्थन गरेको झझल्को आइरहेको मेसीले बताएका छन् । ‘विगतमा अर्जेन्टिनाको खेल हुँदा म्याराडोना भौतिक रूपमै हाम्रो हौसला बढाउनुहुन्थ्यो,’ म्याराडोनाको स्मरण गर्दै मेसी भन्छन्, ‘यसपटक उहाँविना नै खेल भयो, हामीलाई राष्ट्रिय टोलीको जर्सी लगाएपछि कर्तव्य राम्रोसँग थाहा छ, अब म्याराडोना विगत भएका छन् ।’ 

म्याराडोनाको निधन हुनु दुई साताअघि मात्र उनको मस्तिष्कको शल्यक्रिया भएको थियो । शल्यक्रियापछि घरमै सात निजी स्वास्थ्यकर्मीको रेखदेखमै उनको उपचार भइरहेको थियो ।