आगलागीबाट किरियापुत्रीदम्पतीको मृत्यु

शुक्रबार, २१ जेठ, २०७८
डिजिटल संस्करण

संखुवासभाको मादी नगरपालिका– ५ च्याङरिङमा किरियापुत्री बसेका दम्पतीको आगलागीबाट मृत्यु भएको छ ।गएराति १ बजेतिर मादी नगरपालिका– ५ का ४७ वर्षीय राजेन्द्रबाबु दाहाल र उनकी श्रीमती ४४ वर्षीय कमला भण्डारी दाहालको घरमा आगलागी हुँदा दुवैजनाको जलेर मृत्यु भएको इलाका प्रहरीचौकी चैनपुरका प्रहरी निरीक्षक योगराज खतिवडाले बताए । 

८४ वर्षीय बुबा कृष्णप्रसाद दाहालको सात दिनअघि निधन भएपछि सगोलमा चार छोरा र छोरीहरू काजकिरियाका लागि मूलघरमा बसेका थिए । किरियामा  बसेका राजेन्द्र र कमला बिहीबार साँझ आफ्नो निजी घर गएका थिए ।

राति एक्कासि घर आगलागी भएको खबर आएको मादी नगरपालिका– ५ का वडाध्यक्ष नेत्रप्रसाद दाहाल जानकारी दिए । आगलागीबाट गम्भीर घाइते भएपछि ओखरबोटे बजार ल्याउँदै गर्दा बाटाेमै उनीहरूकाे मृत्यु भएको वडाध्यक्ष दाहालको भनाइ छ ।  घटनास्थलमा चैनपुरबाट प्रहरी टोली जाँदै गरेकाले घटनाको विस्तृत विवरण आउन बाँकी छ ।  
 

See More On

सुझावित समाचार