१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २० बिहीबार
  • Thursday, 02 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख २० बिहीबार o६:२९:oo
Read Time : < 1 मिनेट
ad
ad
अर्थ प्रिन्ट संस्करण

डिसहोमको ‘मेरो मनको  दोस्रो देश’ अभियान

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख २० बिहीबार o६:२९:oo

एचडी र डिजिटल टेलिभिजन च्यानलहरूको प्रसारण र प्रसारण सेवाको सञ्चालक डिसहोमले युइएफए युरो २०२० फुटबल प्रतियोगितामा ‘मेरो मनको दोस्रो देश’ नामक योजना ल्याएको छ । कम्पनीले नजिक आइरहेको फुटबल प्रतियोगिता युइएफए युरो २०२० का फुटबलप्रेमी दर्शकहरूलाई लक्षित गरी योजना ल्याएको हो । 

आफ्नो देश प्रतियोगितामा नरहेको अवस्थामा खेलकुदप्रेमीले अर्को कुनै देशलाई मनैदेखि समर्थन गर्ने हुनाले ‘मेरो मनको दोस्रो देश’ नामक अभियान सुरु गरेको कम्पनीले जनाएको छ । अघिल्लो वर्ष कोभिड–१९ को महामारीका कारण रद्द भएको प्रतियोगिता यो वर्ष हुन लागेको र नेपालमा डिसहोमबाट प्रत्यक्ष प्रसारणका लागि पूरा तयारी गरेर यो अभियान सुरु गरेको जनाइएको छ ।  

दर्शकले यो फुटबल प्रतियोगिता डिसहोमको एचडी च्यानल एक्सन स्पोर्टस्मा हेर्न सक्ने कम्पनीले जनाएको छ । सामाजिक सञ्जालहरूमा ‘मेरो मनको दोस्रो देश’ नामक ह्यास्ट्याग ट्रेन्ड गराई यस योजनाले फुटबल प्रतियोगितालाई दर्शकहरूबीच रोमाञ्चकारी बनाउने कम्पनीको दाबी छ । यसअन्तर्गत फ्यानहरूले आफूले प्रशंसा र समर्थन गरेको आफ्नो मनको दोस्रो देशलाई ट्याग गर्न सक्ने जनाइएको छ । यसबाट फ्यानहरूले आफ्नो पक्ष र विपक्ष टिमलाई अरू कसले समर्थन गरिरहेका छन् भन्नेबारे जानकारी प्राप्त गर्ने कम्पनीको दाबी छ ।   

यस अभियानले प्रशंसकलाई उनीहरूको दोस्रो देशको साथ खेलमा आनन्दित हुने अवसर सिर्जना गर्ने कम्पनीले जनाएको छ । अभियानबाट डिसहोमले समय–समयमा कुन देशका सबैभन्दा धेरै समर्थक छन् भन्ने विवरण पनि निकाल्ने जनाएको छ । फाइनलमा जाने र खेल जित्ने देश छानेर ह्यास्ट्याग गर्नेमध्येलाई लक्की ड्रमार्फत बम्पर उपहार प्रदान गरिने कम्पनीले जनाएको छ । यसबाहेक फ्यानहरूले सामाजिक सञ्जालमा प्रतियोगिताको भविष्यवाणीमा भाग लिई विभिन्न उपहारहरू जित्न सक्ने जनाइएको छ । 

ad
ad