मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्तामल्टिमिडियाखेलकुदविश्वप्रवासकोरोना अपडेटकर्नर किकसम्पादकीयस्वास्थ्य र जीवनशैली१३औँ वार्षिकोत्सव विशेषांकफिचरलाेकसेवा१४औँ वार्षिकोत्सव विशेषांकप्रेरक प्रसंग१२औँ वार्षिकोत्सव विशेषांकसप्तरंगटर्निङ प्वाइन्ट्स-२०१९टर्निङ प्वाइन्ट्स-२०२०प्रदेशब्लगEnglishटर्निङ प्वाइन्ट्स-२०२१
  • वि.सं २०७८ असार ९ बुधबार
  • Wednesday, 23 June, 2021
मञ्जु टेलर काठमाडाैं
२०७८ जेठ १९ बुधबार ०८:२१:००
Read Time : > 2 मिनेट
स्वास्थ्य र जीवनशैली प्रिन्ट संस्करण

भाइरसको नामाकरणमा सधैँ विवाद 

ग्रिक वर्णमालाअनुसार भेरियन्टको नामाकरण

Read Time : > 2 मिनेट
मञ्जु टेलर, काठमाडाैं
२०७८ जेठ १९ बुधबार ०८:२१:००

२० मेमा भारतको सञ्चार मन्त्रालयले ‘भारतीय भेरियन्ट’ लेखिएका सबै पोस्ट हटाउन सामाजिक सञ्जाल कम्पनीहरूलाई निर्देशन दियो । विश्वको ५० भन्दा बढी देशमा महामारीको रूप फैलिरहेको सार्स कोभिड–२ को नयाँ भेरियन्ट बी–१.६१७.२ लाई ‘भारतीय भेरियन्ट’ भन्न थालिएपछि भारतले आपत्ति जनाउँदै आएको थियो । 

भारतमा मात्र नभई बेलायतमा पहिलोपटक पुष्टि भएको भेरियन्टको ‘नाम युके भेरियन्ट’, ब्राजिलमा देखिएको भेरियन्टलाई ‘ब्राजिल भेरियन्ट’ र अफ्रिकामा देखिएकोलाई ‘साउथ अफ्रिकन भेरियन्ट’ भन्न थालिएको थियो । पहिलोपटक जुन देशमा भेरियन्टको पहिचान भयो त्यही देशको नामको आधारमा कोभिड–१९ को भेरियन्ट नामाकरण हुन थालेपछि विवाद बढेको थियो । यही विवाद साम्य पार्न विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले सोमबार कोभिड भाइरसको नयाँ भेरियन्टको नामाकरण गरेको छ ।

डब्लुएचओले ‘भेरियन्ट अफ कन्सर्न’भित्र परेका कोभिड–१९ को नयाँ भेरियन्टलाई ग्रिक अल्फाबेटको आधारमा नाम दिएको छ । यही क्रममा डब्लुएचओले बेलायतमा भेटिएको भेरियन्टलाई ‘अल्फा’, ब्राजिलमा भेटिएको भेरियन्टलाई ‘गामा’, दक्षिण अफ्रिकामा भेटिएको भेरियन्टलाई ‘बिटा’, भारतमा भेटिएको भेरियन्ट (बी–१.६१७.२) लाई ‘डेल्टा’ नाम दिएको छ । भारतमै फेला परेको अर्को भेरियन्ट (बी–१.६१७.१)लाई ‘कप्पा’ नाम दिइएको छ । अत्यधिक संक्रामक रहेका यी भेरियन्टलाई डब्लुएचओले ‘भेरियन्ट अफ कन्सर्न’ अर्थात् घातक भाइरसको सूचीमा राखेको छ । अन्य भेरियन्टलाई पनि ग्रिक अल्फबेटको आधारमा क्रमशः नाम दिने जनाएको छ । 

यसपटक मात्र नभई भाइरसको नामाकरणमा सधैँ विवाद उत्पन्न हुने गरेको छ । पहिलोपटक कोभिड–१९ चीनको वुहानबाट फैलिँदा तत्कालीन अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सार्वजनिक रूपमै ‘चिनियाँ भाइरस’ भनेपछि चीन सरकारले आपत्ति जनाएको थियो । यद्यपि, अमेरिकाले अहिलेसम्म कोभिड–१९ महामारीको दोष चीनलाई नै दिइरहेको छ । यसअघि अमेरिकी गुप्तचर संस्थाले कोरोना भाइरस चीनको प्रयोगशालाबाट आएको हुन सक्ने आरोप लगाएको थियो भने बेलायतको गुप्तचर संस्थाले पनि हालै मात्र कोरोनाको उत्पत्ति प्रयोगशालाबाटै भएको हुन सक्ने जनाएको छ । चीनले कोरोना भाइरस (कोभिड–१९) उत्पत्तिको विषयमा राजनीति भइरहेको भन्दै भाइरसको उद्गमस्थल पत्ता लगाउने विषय वैज्ञानिक अनुसन्धानको विषय हुने जनाएको छ ।

ग्रिक वर्णमालाअनुसार भेरियन्टको नामाकरण
भेरियन्ट अफ कन्सर्नभित्र परेका भेरियन्टहरूको नाम ग्रिक वर्णमालाको आधारमा धेरै विचार विमर्श गरेर राखिएको डब्लुएचओले जनाएको छ । डब्लुएचओले भनेको छ– ठाउँको आधारमा नाम दिँदा सम्बन्धित क्षेत्रलाई असर पर्ने भएकोले ग्रिक वर्णमालाबाट छानिएको हो । जस्तै, इबोला भाइरसको नाम कंगोलिस नदीको नामबाट राखिएको थियो । स्पेनिस फ्लुको उद्गमस्थल अहिलेसम्म पत्ता लागेको छैन । तर, भाइरसको नामसँग जोडेर अहिलेसम्म पनि विवाद हुने गरेको छ । 

स्वाइन फ्लुले इजराइलमा महामारीको रूप लिइरहेका समयमा इजरायलका स्वास्थ्य मन्त्रीले यस्तै २७ अप्रिल ००९ मा पत्रकार सम्मेलन गरेर स्वाइन फ्लुलाई ‘मेक्सिकन फ्लु’ भनेन घोषणा गरेका थिए । किनकि इजरायलमा स्वाइन फ्लु नामबारे मुस्लिम र यहुदीहरूले आपत्ति जनाउँदै आएका थिए । तर, महामारीका रूप लिइरहेको भाइरसलाई आफ्नो देशको नामसँग जोडिएको भन्दै इजरायलका लागि मेक्सिकन राजदूतले आपत्ति जनाउँदै विज्ञप्ति जारी गरेका थिए । पछि इजरायल सरकारले भाइरसको नाम ‘स्वाइन फ्लु’ नै रहने जनाएको थियो । त्यसपछि स्वाइन्फ्लुलाई आधिकारिक रूपमा एचवानएनवान पनि भन्न थालिएको छ । 

मार्बग भाइरस, जसको कारणले हेमोर्याजिक फेबर हुने गर्छ । यो भाइरसको नामाकरण जर्मनीको एक प्रतिष्ठित सहरको नामबाट राखिएको छ । जुन निकै विवादमा आएको थियो । 

यस्तै, हेन्द्र भाइरस, जुन सुरुवातमा पहिचान भएको सहरको नामबाटै नामाकरण गरिएको छ । जिका भाइरस पनि युगान्डाको बनको नामबाट राखिएको छ । फुइजान फ्लु, चीनको एक सहरको नामबाट राखिएको थियो । इबोला, कंगोको नदीको नामबाट राखिएको छ भने स्पेनिस फ्लु पनि देशको नामबाट राखिएको छ । जुन पटकपटक विवादमा आउने गरेका छन् ।  

रोग र भाइरसको नाम किन फरक राखिन्छ ?
कोभिड– १९ उत्पन्न गराउने भाइरस सार्स कोभिड– २ लाई विश्व स्वास्थ्य संगठनले ‘सार्स’ नामाकरण नगर्न सुझाब दिएको थियो । मिडिया, सामाजिक सञ्जाल र सरकारी कागजातमा पनि सार्सको स्थानमा ‘कोभिड–१९ का लागि जिम्मेवार भाइरस’ वा ‘कोभिड–१९ भाइरस’ संकेत गर्न अपिल गरेको थियो । जसको उद्देश्य सार्स नामले विशेष गरी सन् २००३ मा एसियामा पारेको प्रभावले आममानिसको मनोविज्ञानमा असर नगरोस् भन्ने थियो । तर, महामारी तीव्र रूपमा फैलिएपछि भाइरसको नामबारे त्यति ध्यान दिइएन । 

सामान्यतया भाइरस र उक्त भाइरसले निम्त्याएको रोगको नाम फरक राखिन्छ । जस्तै एचआइभी भाइरसबाट हुने रोगलाई एड्स भनिन्छ । अर्थात् आममानिसमा भाइरसको भन्दा रोगको नाम बढी प्रचलित हुने गर्छ । 

यसरी गरिन्छ भाइरसको नामाकरण
भाइरसहरूको आनुवंशिक संरचनाका आधारमा परीक्षण गरी खोप र औषधिको उत्पादनका लागि नामाकरण गरिन्छन् । भाइरोरोजिस्ट र वैज्ञानिकहरूको समूहले निकालेको निष्कर्षको आधारमा ‘इन्टरनेसनल कमिटी अन ट्याक्सोनोमी अफ भाइरस (आइसिटिभी)’ले नामाकरण गर्छ । यस्तै रोगहरूको नामाकरण संक्रमण दर, गम्भीरता, रोकथाम र उपचारको आधारमा गरिन्छ । मानव रोग नियन्त्रण र तयारीको जिम्मेवारी विश्व स्वास्थ्य संगठनले लिँदै आएको नयाँ रोगको नामाकरण पनि ‘इन्टरनेसनल क्लासिफिकेसन अफ डिजिज’ले नै गर्ने गर्छ । 

आइसिटिभीले ११ फेब्रुअरी ०२० मा कोभिड– १९ का लागि जिम्मेवार रहेको भाइरसको नाम ‘सार्स कोभ–२ अर्थात् सिभियर एक्युट रेस्पोटरी सिन्ड्रोम कोरोना भाइरस–२’ नाम दियो । यो भाइरस सन् २००३ मा देखिएको सार्स भाइरससँग आनुवंशिक रूपमा सम्बन्धित रहेको पुष्टि भएकाले राखिएको थियो । तर, यी दुई भाइरस भिन्न हुन् । 

यस्तै डब्लुएचओले ओआई अर्थात् वल्र्ड अर्गनाइजेसन अफ एनिमल हेल्थ र एफएओ फुड एन्ड एग्रिकल्चर अर्गनाइजेसनको सहयोगमा ११ फेब्रुअरी ०२० मा नयाँ रोगको नाम कोभिड–१९ राखेको थियो ।