१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २४ सोमबार
  • Monday, 06 May, 2024
विमलेन्द्र निधि, कांग्रेस उपसभापति
नयाँ पत्रिका काठमाडाैं
२o८१ बैशाख २४ सोमबार o८:१३:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार प्रिन्ट संस्करण

कामचलाउ सरकारले सत्ताको दुरुपयोग गरेको छ, बजेटबाट चुनाव प्रभावित गर्ने नियत देखिन्छ, यो आपत्तिजनक छ : विमलेन्द्र निधि

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८१ बैशाख २४ सोमबार o८:१३:oo

सरकारले असंवैधानिक रूपमा प्रतिनिधिसभाको विघटन गरेपछि हामीले सर्वोच्च अदालतमा रिट दर्ता गरेका छौँ । विघटनको राजनीतिक एवं कानुनी प्रतिवाद गरिरहेका छौँ । संसद्मा विश्वासको मत लिन नसकेको सरकारले संसद्लाई छलेर अध्यादेशमार्फत पूर्ण बजेट ल्याएको छ ।

कामचलाउ सरकारले यसरी पूर्ण बजेट ल्याउनै पाइँदैन । यो गलत छ र धेरै योजना अहिलेको अवस्थामा कार्यान्वयन हुन सक्ने पनि देखिँदैन । यो बजेटबाट चुनावलाई प्रभावित गर्ने सरकारको नियत देखिन्छ । यो आपत्तिजनक छ । 

अहिलेको प्राथमिकता भनेको कोरोनाको महामारीले निम्तिएको संकटको निवारण, खोप, परीक्षण र उपचार हो । यसबाहेक विकास निर्माणका चालू योजनालाई निरन्तरता दिने र शान्तिसुरक्षा कायम गराउनेबाहेकका विषय बजेटमा ल्याउनु गलत हो । कामचलाउ सरकारले सत्ताको दुरुपयोग गरेको छ ।

ad
ad