१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १५ शनिबार
  • Saturday, 27 April, 2024
विश्वराज पछल्डंग्या
२०७५ फाल्गुण ७ मंगलबार ०७:१३:००
Read Time : > 1 मिनेट
समाचार

ह्विलचियरमै सय किलोको सामान ओसारपसार

Read Time : > 1 मिनेट
विश्वराज पछल्डंग्या
२०७५ फाल्गुण ७ मंगलबार ०७:१३:००

मोटरसाइकल दुर्घटनामा परेर देब्रे खुट्टा गुमाएपछि नेपालगन्ज उपमहानगरपालिका–१ धम्बोझीका राजकुमार चक्रवर्तीलाई दायाँ खुट्टाको भर थियो । त्यो पनि राम्रोसँग टेक्न नमिल्ने भयो । सबैले ‘अब यसको जिन्दगी सकियो’ भन्ने गरी कुराकानी गर्थे । तर, उनले कहिल्यै हिम्मत हारेनन् । ‘बाँचुन्जेल केही न केही गरेर खान्छु भन्ने साहस थियो,’ राजकुमारले भने । 

हुन पनि उनको सहरा ह्विलचियर बनेर आयो । त्यसैमा घुमफिर गर्न थाले । बिस्तारै स्वस्थ भए । उनको आत्मविश्वास झन् बढ्यो । ‘खुट्टा नचले पनि ह्विलचियरका पांग्रा चल्छन्,’ उनले भने । अहिले उनी त्यही ह्विलचियरमा घुमफिर मात्रै गर्दैनन्, भारतबाट दैनिक सामान ओसार्छन् । छिमेकी बजार रुपैडियाबाट सरसामान ल्याउँछन् । नेपालगन्जका पसलहरूमा पु-याउँछन् । ‘अर्काको भरमा बाँच्नुपरेको छैन, जीविका चलेको छ,’ राजकुमारले भने । स्थानीय प्रशासनले सरसामान ल्याउन केही सजिलो गरिदिएको छ, अपांगता  भएको भनेर । उनले ल्याउने सामान सबलांगको भन्दा कम्ती हुन्न । 

‘दैनिक एक सय किलोसम्म ल्याउँछु,’ उनले भने । एककिलोको १५ देखि २० रुपैयाँ भाडा पाउँछन् । त्यही भाडाले उनको परिवारको दैनिकी पनि चलेको छ । एकपटक सामान ओसार्दा एक हजार रुपैयाँसम्म कमाइ हुने गरेको उनले बताए । भारतबाट ल्याएको सामान बिक्री गर्न खजुरा, राँझालगायत बजारसम्म पुग्छन् । उनीहरूको मागअनुसार सामान ल्याउने गरेको उनले बताए । प्रमुख भन्सार अधिकृत शान्तिराम निरौलाले अपांगता भएकाले व्यावहारिक रूपमा भारतबाट सामान ल्याएर नेपालगन्जमा बिक्री गर्न दिइएको बताए । 

राजकुमारजस्तै नेपाल र भारतका अपांगता भएका व्यक्ति ह्विलचियरमै सामान ओसारपस ार गरेर दैनिकी चलाइरहेका छन् । भन्सार कार्यालयका अनुसार करिब २५ जना अपांगता भएका व्यक्तिले सामान ओसारपसार गर्दै आएका छन् । उनीहरू दिनमा तीन–चार पटकसम्म ओहोरदोहोर गर्छन् । परिवार पाल्न ह्विलचियरमै सामान ओसारपसार गर्दै आएका नेपालगन्ज –१६ जमुनहाका पन्नेलाल चौहानले बताए । अरू काम गर्न नसकिने र नपाइने भएकाले सामान ओसारपसार गर्दै आएको उनले बताए । परिवार पाल्न सजिलो भएको बताउँदै उनले भने, ‘कहिले धेरै, कहिले थोरै कमाइ हुन्छ । दैनिक एक हजार रुपैयाँ त जसरी पनि हुन्छ ।’