१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १४ शुक्रबार
  • Friday, 26 April, 2024
भवानीश्वर गौतम
२०७५ फाल्गुण ६ सोमबार १८:२७:००
Read Time : > 1 मिनेट
समाचार

त्रिविद्वारा स्ववियु निर्वाचन समिति घोषणा

Read Time : > 1 मिनेट
भवानीश्वर गौतम
२०७५ फाल्गुण ६ सोमबार १८:२७:००

त्रिभुवन विश्वविद्यालयले स्ववियु निर्वाचन केन्द्रीय समिति घोषणा गरेको छ । स्ववियु निर्वाचनका लागि दबाब दिन अनेरास्ववियु र अनेरास्ववियू (क्रान्तिकारी)ले त्रिवि उपकुलपति कार्यालय परिषरमा धर्ना दिइरहेको समयमा कमिटि घोषणा भएको हो । 

नेकपा निकटका दुवै अखिलले संयुक्तरुपमा धर्ना दिइरहेको ठाउँमै पुगेर त्रिविका रजिष्ट्रार डिल्ली उप्रेती र विद्यार्थी कल्याण निर्देशनालयका प्रमुख गंगा थापाले कमिटि घोषणा गरेका हुन् । शिक्षाध्यक्ष प्राडा. सुधा त्रिपाठीको अध्यक्षतामा सात सदस्यीय कमिटि घोषणा भएको हो । 

समय बितेपछि बन्यो कमिटि : शिक्षाध्यक्ष त्रिपाठी

त्रिविका शिक्षाध्यक्ष प्राडा. त्रिपाठीले समय बितेपछि कमिटि घोषणा भएको बताइन् । कमिटिको नाम दुई हप्ताअघि नै उपकुलपतिलाई सिफारिस भए पनि अहिलेसम्म रोकेर सबैलाई खुसी बनाउने तर शैक्षिक क्यालेडरलाई प्रभावित गर्ने गरी घोषणा भएको बताइन् । उनले भनिन्,‘अब सबै डिनहरुसँग छलफल राखेर उहाँहरुको धारणा बुझ्छु, शैक्षिक क्यालेण्डरलाई असर गर्दैन भनेमा घोषणा हुन्छ, गाह्रो हुन्छ भन्नुभयो भने म एक्लैले के गर्नु ?’ फागुनमा निर्वाचन गर्ने गरी तयार भए पनि अब यो महिनामा सम्भव नभएको र अर्को महिनामा गर्दा क्यालेण्डर बिग्रिने उनले बताइन् । 

कार्यतालिका नआएसम्म आन्दोलन : विद्यार्थी नेता

विद्यार्थी नेताहरुले स्ववियु निर्वाचन कमिटि गठन हुनु सरकारतमक भएको बताए । क्रान्तिकारीका उपाध्यक्ष सुरेन्द्र बस्नेतले कमिटि घोषणा हुनु उपलब्धि भए पनि कार्यतालिका नआएसम्म आन्दोलन जारी रहने बताए । यसअघि १४ फागुनमा स्ववियु निर्वाचन गर्ने उल्लेख भए पनि कार्यतालिका बनेको थिएन । 

नेता बस्नेतले १५ चैत अगाडिको कार्यतालिका आएमा सबैलाई उपयुक्त हुने बताए । कांग्रेस र नेविसंघ सकरात्मक नभएका कारण स्ववियु निर्वाचन कमिटि घोषणा भएको थिएन । नेविसंघको समिति बिघटन भएको छ भने कांग्रेसको नेतृत्वले निर्वाचनको वातावरण नभएको बताएका छन् । १३ माघमा प्रधानमन्त्री कार्यालयमा प्रधानमन्त्री केपी ओली, कांग्रेस सभापति शेरबहादुर देउवा, गृहमन्त्री रामबहादुर थापा बादल, अनेरास्ववियु, अनेरास्ववियु क्रान्तिकारी र नेविसंघका अध्यक्षसहितको बैठक बसेको थियो । सो बैठकमा देउवाले चुनावको वातावरण नभएको बताएका थिए । 

अघिल्लो पटक २६ आंगिकमा मात्रै चुनाव

०७३ सालमा त्रिविका ६० मध्ये २६ आंगिक क्याम्पसमा मात्रै स्ववियु चुनाव भएको थियो । स्ववियु नियमअनुसार दुई वर्षमा स्ववियु चुनाव गर्ने व्यवस्था छ । अघिल्लो पटकदेखि स्ववियुमा २८ वर्षे उमेर हद लागेको छ ।