टर्निङ प्वाइन्ट्स-२०२२फ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्तामल्टिमिडियाखेलकुदविश्वकोरोना अपडेटप्रवासकर्नर किकसम्पादकीयस्वास्थ्य र जीवनशैलीसाहित्य१३औँ वार्षिकोत्सव विशेषांकफिचरलाेकसेवा१४औँ वार्षिकोत्सव विशेषांकप्रेरक प्रसंग१२औँ वार्षिकोत्सव विशेषांकसप्तरंगटर्निङ प्वाइन्ट्स-२०२०टर्निङ प्वाइन्ट्स-२०१९प्रदेशब्लगEnglishटर्निङ प्वाइन्ट्स-२०२१
  • वि.सं २०७८ माघ १४ शुक्रबार
  • Friday, 28 January, 2022
नयाँ पत्रिका काठमाडौं
२०७८ जेठ १३ बिहीबार १६:१०:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

संविधानको मर्मअनुसार अघि बढ्छु : सभामुख सापकोटा (भिडियोसहित)

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७८ जेठ १३ बिहीबार १६:१०:००

सभामुख अग्निप्रसाद सापकोटाले प्रतिनिधिसभा विघटन भएको अवस्थामा संविधानको मर्म र भावनाअनुसार आफू अघि बढ्ने बताएका छन् । बिहीबार संविधानविद् र कानुनविद्हरूसँगको छलफलमा उनले देश र जनतालाई केन्द्रबिन्दुमा राखेर काम गर्न आफू तयार रहेको बताएका हुन् । 

सभामुख सापकोटाको भनाइ छ, ‘नेपाली जनताले तीन सय ३४ जनालाई सार्वभौम अधिकार सुम्पिएका छन् र संघीय संसद्को नेतृत्वको हैसियतले, प्रतिनिधिसभाको सभामुखको हैसियतले त्यो अधिकार मबाट अभिव्यक्त हुनुपर्छ । आवश्यक पर्दा देश, जनता, संविधान, लोकतन्त्र र नेपाली जनताको अधिकारका लागि जनताले प्रदान गरेको निहित अधिकार फेरि पनि प्रयोग गर्नुपर्छ ।’