१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २० बिहीबार
  • Thursday, 02 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख २० बिहीबार १४:o८:oo
Read Time : > 1 मिनेट
ad
ad
मुख्य समाचार डिजिटल संस्करण

अक्सिजनको अभाव हुँदैन, सबै नागरिकलाई खोप दिलाउने अभियानमा छौँ  : राज्यमन्त्री मानन्धर

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख २० बिहीबार १४:o८:oo

सहरी विकास राज्यमन्त्री रामवीर मानन्धरले कोरोना संक्रमितको उपचारका लागि अक्सिजन अभाव नहुने बताएका छन् । काठमाडौैंको क्षेत्रपाटीस्थित निःशुल्क चिकित्सालयमा भेन्टिलेटरसहित ३५ बेडको कोभिड अस्पतालको शुभारम्भ गर्दै मन्त्री मानन्धरले अक्सिजनको अभाव समाधानउन्मुख रहेको दाबी गरे । महामारीको दोस्रो लहर उत्कर्षमा पुग्दा अक्सिजनको चरम अभाव देखिए पनि सरकारले निरन्तरको प्रयासपछि समस्या समाधानउन्मुख भएको मानन्धरको दाबी छ । 

मन्त्री मानन्धरले सबै नेपाली नागरिकलाई कोरोनाविरुद्धको खोप दिलाउने अभियानमा सरकार केन्द्रित भएको दाबी गर्दै अमेरिका, बेलायत, भारत र चीनलगायतका देशहरूसँग खोप उपलब्धताबारे निरन्तर संवाद भइरहेको बताए । मन्त्री मानन्धरले जेठ तेस्रो साताभित्र  खोप आयातका लागि ठोस पहल भइसक्ने बताउँदै केही महिनाभित्र सबै नेपालीलाई खोप लगाउन सक्ने गरी सरकारले पहल गरिरहेको दाबी पनि गरे ।

मन्त्री मानन्धरले कोरोनाविरुद्धको अभियानअन्तर्गत नेपाल दक्षिण एसियामै खोप लगाउने अग्रणी मुलुकमध्ये रहेको दाबी पनि गरे । कोरोना महामारी नियन्त्रणमा संघीय सरकारसँगै प्रदेश र स्थानीय सरकारको भूमिका महत्वपूर्ण रहेको बताउँदै मन्त्री मानन्धरले ७० वर्षे राजनीतिक कालखण्डमा बनेका सरकारमध्ये वर्तमान सरकार नै जनताप्रति सबैभन्दा जिम्मेवार देखिएको दाबी  गरे । 

कोरोना महामारीले निम्त्याएको समस्या समाधानमा सरकारले सबै शक्ति प्रयोग गरेको बताउँदै मन्त्री मानन्धरले निषेधाज्ञाको पालना गरेर साथ दिन सर्वसाधारणलाई अपिल  गरे ।  कोरोना संक्रमित र महामारीका कारण समस्यामा परेका सर्वसाधारणलाई राज्यले आवश्यक सहयोग र समन्वय गर्ने बताउँदै मन्त्री मानन्धरले समस्यामा परेकाले जनप्रतिनिधिसँग सम्पर्क राख्न अनुरोधसमेत गरे । 

महामारी नियन्त्रण र समृद्धिको दिशामा अघि बढ्नुपर्ने वेला केही राजनीतिक दल र नेकपा एमालेकै केही नेताहरूमा विचलन देखिएको बताउँदै मन्त्री मानन्धरले जनता पीडामा परेका वेला विचलित बनेकालाई माफी दिन नसकिने बताए ।    

कार्यक्रममा काठमाडौं महानगरका प्रमुख विद्यासुन्दर शाक्यले महानगरभित्र कोरोना उपचारका लागि व्यवस्थापन सहज पारिएको बताउँदै नागरिकलाई उपचारमा समस्या हुन नदिने प्रतिबद्धता जनाए । 

ad
ad