Skip This
Skip This
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ६ बिहीबार
  • Thursday, 18 April, 2024
२०७८ जेठ ११ मंगलबार १४:३८:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

एम्बुलेन्समा गाँजा तस्करी, सय केजी गाँजासहित दुई पक्राउ  

Read Time : < 1 मिनेट
२०७८ जेठ ११ मंगलबार १४:३८:००

लकडाउनको मौका छोपेर एम्बुलेन्समा गाँजा तस्करी गरेको पाइएको छ । सोमबार राति ठूलो मात्रामा गाँजा भएको एम्बुलेन्सहित दुईजनालाई प्रहरीले पक्राउ गरेको छ । 

इलाका प्रहरी कार्यालय धरानका डिएसपी ज्ञानेन्द्र बस्नेतका अनुसार सोमबार राति करिब ९ बजे भेडेटारबाट धरानतर्फ आइरहेको को.१च ५५५९ नम्बरको एम्बुलेन्सबाट गाँजा बरामद भएको थियो । हुडेप नेपाल लेखिएको मारुतीलाई एम्बुलेन्स बनाएर गाँजा ओसारपसार गरिएको पाइएको डिएसपी बस्नेतले बताए ।  

उक्त एम्बुलेन्सलाई शंका लागेर चेकजाँच गर्दा एक सय किलो गाँजा फेला परेको थियो । डिएसपी बस्नेतका अनुसार एम्बुलेन्सचालक धरान– १५ का ३६ वर्षीय बलबहादुर लिम्बू र धनकुटा सहिदभूमि गाउँपालिका– १ घर भई हाल धरान– ११ बस्नेत २८ वर्षीय पोषण राईलाई प्रहरीले नियन्त्रणमा लिएको छ । 

उनीहरूले एम्बुलेन्सको पछाडि भागमा २५ केजीको चारवटा झोलामा एक सय किलो गाँजा राखेको अवस्थामा बरामद भएको थियो । दुवैलाई जिल्ला अदालतबाट लागुऔषध मुद्दामा म्याद थप गरी थप अनुसन्धान भइरहेको डिएसपी बस्नेतले जानकारी दिए ।

धनकुटाबाट सीधै भारतमा बेच्नका लागि लगिँदै गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको अनुसन्धानमा खटिएका इन्स्पेक्टर हेमराज ओलीले बताए । ‘हामी अनुसन्धान गरिरहेका छौँ । पक्राउ परेका पोषण राई र एम्बुलेन्सचालकको मिलेमतोमा तस्कारी भएको हुन सक्छ,’ इन्स्पेक्टर ओलीले भने ।