१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २१ शुक्रबार
  • Friday, 03 May, 2024
नयाँ पत्रिका काठमाडाैं
२o८१ बैशाख २१ शुक्रबार १४:१६:oo
Read Time : < 1 मिनेट
ad
ad
मुख्य समाचार डिजिटल संस्करण

 राष्ट्रपतिमाथि महाअभियोग लगाएर नयाँ सरकार बनाउन विवेकशील साझाको अपिल

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८१ बैशाख २१ शुक्रबार १४:१६:oo

विवेकशील साझा पार्टीले राष्ट्रपतिमाथि महाअभियोग लगाएर नयाँ सरकार बनाउन अपिल गरेको छ ।  प्रधानमन्त्री केपी ओली र राष्ट्रपति विद्यादेवी भण्डारीबाट संविधानमाथि शृंखलाबद्ध रूपमा भइरहेका प्रहारप्रति विवेकशीलले  गम्भीर चिन्ता व्यक्त गरेको छ । 

संविधानको रक्षा गर्ने दायित्व बोकेको राष्ट्रपति संस्थाको बारम्बार साख गिराउने, अपमान गर्ने र ‘देशको होइन केवल प्रधानमन्त्रीको राष्ट्रपतिका रूपमा काम गर्ने’ विद्यादेवी भण्डारीमाथि तत्काल महाअभियोग लगाएर उनलाई पदमुक्त गर्दै संसदमा प्रधानमन्त्री ओलीको विपक्षमा रहेका दल तथा सांसदहरू एकजुट भई नयाँ सरकार गठनका लागि पहल गर्न विवेकशील साझा पार्टीले आह्वान गरेको छ । 

संविधानतः प्रधानमन्त्रीले प्रतिनिधिसभामा विश्वासको मत प्राप्त गर्नुपर्नेमा त्यसविपरीत बिहीबार साँझ नयाँ प्रधानमन्त्री नियुक्तिका लागि अघि बढाइएको प्रक्रियाबाट संविधानको ठाडो उल्लंघन भएको भन्दै  प्रधानमन्त्री ओलीको सिफारिसलाई राष्ट्रपति विद्यादेवी भण्डारीले सदाझैँ रबर स्ट्याम्पसरह सदर गर्नु पूरापूर असंवैधानिक कदम भएको ठहर गरेको छ । 

प्रधानमन्त्रीले पदमा बहाल रहँदै अर्को प्रधानमन्त्री नियुक्त गर्न सिफारिस गर्ने र राष्ट्रपतिले त्यसलाई सदर गर्नेजस्तो अनौठो र अत्यन्त अस्वाभाविक दृश्य विश्व राजनीतिमा नदेखेको बताउँदै विवेकशीलले  वैकल्पिक सरकार गठनका लागि लगभग २० घन्टाको मात्र समय दिइनु ओलीलाई नै फेरि प्रधानमन्त्री बनाएर संसद् विघटन गरी मध्यावधि चुनावको बहानामा मुलुकलाई अस्थिरतातर्फ होम्ने पुरानै षड्यन्त्रको निरन्तरता भएको बताएको छ । 

हाल विकराल बनेको कोरोना महामारीको तेस्रो लहरले झनै भयावह स्थिति ल्याउने चेतावनी विज्ञहरूले दिइरहँदा मुलुकलाई चुनावतर्फ धकेल्न खोज्नु अक्षम्य अपराध भएको ठहर गर्दै पार्टीले संविधान र नागरिकको जीवनरक्षाका लागि राष्ट्रपतिमाथि महाअभियोग लगाउन र ओलीको विकल्प दिन संसदमा रहेका सबै विपक्षी दल तथा सांसदहरू एक ठाउँमा उभिन आग्रह गरेको छ । 
 

ad
ad