१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १४ शुक्रबार
  • Friday, 26 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७८ जेठ ५ बुधबार ०६:१२:००
Read Time : < 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

शिवम् सिमेन्टले हेटौँडा अस्पताललाई १९० अक्सिजन सिलिन्डर दियो

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७८ जेठ ५ बुधबार ०६:१२:००

शिवम् सिमेन्ट लिमिटेडले मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानअन्तर्गतको हेटौँडा अस्पताललाई १ सय ९० थान अक्सिजन सिलिन्डरसहित विभिन्न स्वास्थ्य सामग्री सहयोगस्वरूप हस्तान्तरण गरेको छ । हेटौ“डा उपमहानगरपालिकाको हटियामा रहेको उक्त अस्पताललाई कम्पनीले १ सय २० थान भरिएका तथा ७० खाली सिलिन्डर प्रदान गरेको हो । 

कम्पनीले सिलिन्डरका साथै ३० थान मेडिकल बेड, ५ थान सिसियू बेड तथा ५ थान उक्त बेडहरूमा जडान गरिने मेडिकल मोनिटरहरू अस्पताललाई हस्तान्तरण गरेको जनाएको छ । यी स्वास्थ्य सामग्रीका कारण यस क्षेत्रका कोरोनाका कारण स्वास्थ्य उपचारबाट वञ्चित तथा कोरोनाबाट प्रभावित सर्वसाधारण नागरिकहरूलाई स्वास्थ्य उपचार गर्न पाउने सहज अवस्था सिर्जना हुने कम्पनीले विश्वास व्यक्त गरेको छ ।

यसअगाडि पनि शिवम् सिमेन्ट्सले यस किसिमका महामारी,  दैवीप्रकोप, राहत सामग्री, स्वास्थ्य सामग्री, एम्बुलेन्स हस्तान्तरणसहित विभिन्न कार्यहरूमा आफ्नो सामाजिक संस्थागत दायित्व निर्वाह गर्दै आइरहेको जनाएको छ । 

सन् २००९ मा हेटौँडामा स्थापित यस सिमेन्ट उद्योगले अत्याधुनिक जर्मन प्रविधिको उक्त प्लान्टबाट आफ्नै चुनढुंगाकोे प्रयोग गरी उच्च गुणस्तरको क्लिंकर र शिवम् सिमेन्ट तथा शिवम् प्लस सिमेन्ट उत्पादन तथा बिक्री–वितरण गर्दै आएको जनाएको छ । यसका उत्पादनले नेपाल गुणस्तर चिह्न ५७२, ४९ तथा आइएसआई, युआरएस प्रमाणित आइएसओ सर्टिफिकेट प्राप्त गरेको कम्पनीले जनाएको छ ।