मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o७८ जेठ ४ मंगलबार
  • Sunday, 13 July, 2025
२o७८ जेठ ४ मंगलबार १४:२६:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

हात्तीको आक्रमणबाट मेचीनगरमा एकको मृत्यु

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o७८ जेठ ४ मंगलबार १४:२६:oo

जंगली हात्तीको आक्रमणबाट झापामा एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा मेचीनगर– ९ मागुरमाडीका ४५ वर्षीय श्याम राई रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

मंगलबार बिहान ३ बजे जंगलबाट बस्तीमा पसेको एउटा हात्तीले खेदाउँदा भाग्ने क्रममा राईलाई आक्रमण गरेको जिल्ला प्रहरी कार्यालय झापाका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक राकेश थापाले जानकारी दिए ।

हात्तीको आक्रमणबाट गम्भीर घाइते भएका राईको उपचारको क्रममा मेची अस्पताल भद्रपुरमा मृत्यु भएको प्रहरीले जनाएको छ ।