Skip This
कर्मचारी संक्रमित भएपछि ओखलढुंगाका बैंक बन्द
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७८ जेठ ४ मंगलबार
  • Saturday, 27 July, 2024
२o७८ जेठ ४ मंगलबार o६:३८:oo
Read Time : < 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

कर्मचारी संक्रमित भएपछि ओखलढुंगाका बैंक बन्द

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o७८ जेठ ४ मंगलबार o६:३८:oo

ओखलढुंगाका बैंक तथा वित्तीय संस्थाहरू एक साताका लागि बन्द भएका छन् । बैंकमा कार्यरत कर्मचारीमा कोभिड–१९ संक्रमण पुष्टि भएपछि तत्कालका लागि बैंक तथा वित्तीय संस्थाको सेवा बन्द गरिएको हो । 

जिल्लामा सञ्चालित विभिन्न बैंकका कर्मचारीमा संक्रमण पुष्टि भएकाले संक्रमण थप समुदायमा फैलन नदिन जेठ ३ गतेदेखि आगामी जेठ ९ गतेसम्मका लागि सबै बैंकका सेवा बन्द गर्न निर्देशन दिइएको प्रमुख जिल्ला अधिकारी बन्दना राईले बताइन् । बैंकमा सेवाग्राहीको चाप बढी हुने र पैसाको नोट कारोबारबाट समेत जोखिम बढ्ने भएकाले कोरोना संक्रमण नियन्त्रणका लागि बैंकहरू बन्द गरिएको उहाँको भनाइ छ । 

जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र ओखलढुंगाको आइतबार बसेको आकस्मिक बैठकले अत्यावश्यक कामका लागि मात्र सम्पर्क व्यक्ति र सम्पर्क नम्बर कार्यालयको सूचना पाटीमा टाँस गरी अत्यावश्यकबाहेकका सबै सेवा बन्द गर्न निर्णय गरेको थियो । बैठकको निर्णयअनुसार तत्काल बैंकिङ सेवा बन्द गर्न जिल्ला प्रशासन कार्यालय ओखलढुंगाले जिल्लाका सबै बैंक तथा वित्तीय संस्थालाई निर्देशन दिएर पत्राचार गरेको छ ।

जिल्ला सदरमुकामको सिभिल बैंक र मोेलुङ गाउँपालिकाको प्राप्चामा रहेको मुक्तिनाथ विकास बैंकका कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएको छ । कोरोना संक्रमण पुष्टि भएका बैंकका कर्मचारी आइसोलेसनमा छन् । बैंकहरू बन्द भए पनि जिल्लामा बैंकका एटिम सेवा भने सुचारु रहने जनाइएको छ ।