प्रधानमन्त्रीसमेत रहेका एमाले अध्यक्ष केपी ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच सिंहदरबारमा वार्ता भइरहेको छ । ओली र नेपालबीच एक्लाएक्लै वार्ता भएको हो ।
शुक्रबार अरू नेताहरूसहित वार्तामा बसेका ओली र नेपाल आइतबार एक्लाएक्लै वार्तामा बसेका हुन् ।
नेपाल पक्षले राखेको २ जेठ ०७५ को एमाले पार्टी संरचना, विधान र नेतृत्व कायम गर्नुपर्ने र आगामी दिनमा सहमतिको आधारमा अघि बढ्नुपर्ने माग सम्बोधन गर्ने विषयमा छलफल हुनेछ । कार्यदल गठन गरेर माग सम्बोधन गर्ने तयारी ओली र नेपालको छ ।