१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ १ मंगलबार
  • Tuesday, 14 May, 2024
रमेश रावल वीरेन्द्रनगर
२o८१ जेठ १ मंगलबार o७:२o:oo
Read Time : > 1 मिनेट
ad
ad
प्रदेश प्रिन्ट संस्करण

अक्सिजन अभाव : कर्णाली प्रदेश अस्पतालले कोरोनाका बिरामी भर्ना नलिने

Read Time : > 1 मिनेट
रमेश रावल, वीरेन्द्रनगर
नयाँ पत्रिका
२o८१ जेठ १ मंगलबार o७:२o:oo

कर्णाली प्रदेश अस्पताल सुर्खेतले अक्सिजनको अभाव भएको भन्दै कोरोनाका नयाँ बिरामी भर्ना नलिने भएको छ । अस्पतालले शुक्रबार साँझ सूचना निकालेर अक्सिजन अभाव भएको भन्दै नयाँ बिरामी भर्ना नलिने जनाएको हो ।

नेपालगन्जबाट आपूर्ति हुने अक्सिजन आउन छाडेकाले कोरोनाका नयाँ बिरामी भर्ना दिन असमर्थ भएको कर्णाली प्रदेश अस्पतालका प्रमुख डा.डम्बर खड्काले जानकारी दिए । ‘कर्णाली प्रदेश अस्पतालमा नेपालगन्जबाट अक्सिजन आउने गरेको थियो । तर, केही समयदेखि आउन छाडेको छ । अक्सिजन अभाव भएका कारण नयाँ कोरोनाका बिरामी भर्ना लिन सक्ने अवस्थामा छैनौँ,’ उनले भने ।

प्रदेश अस्पतालमा अक्सिजन प्लान्ट सञ्चालनमा भए पनि यहाँ रहेको कोरोना संक्रमित बिरामीलाई हाइफ्लो अक्सिजन दिनुपर्ने भएकाले अक्सिजन सिलिन्डर आवश्यक रहेको उनको भनाइ छ । ‘अक्सिजन प्लान्ट सञ्चालनमा भए पनि त्यसले हाइफ्लो अक्सिजन दिन सक्दैन,’ उनले भने, ‘नेपालगन्जबाट अक्सिजन आउन छाडेको छ ।’

कर्णाली प्रदेश अस्पतालमा दैनिक दुई सयदेखि तीन सय सिलिन्डर अक्सिजन आवश्यक पर्ने, तर हाल नेपालगन्जबाट ५० सिलिन्डर अक्सिजन आउने गरेको अस्पताल प्रशासनले जनाएको छ । जनशक्ति र बेड भए पनि अक्सिजन अभावकै कारण नयाँ भर्ना लिन नसकिने डा. खड्काले बताए । ‘प्रशस्त मात्रामा अक्सिजन भए प्रदेश अस्पतालमा दुई सयजनासम्म कोरोनाका बिरामी राख्न सक्छौँ,’ उनले भने, ‘प्रदेश अस्पतालमा सयजना कोभिडका बिरामी थिए । यो संख्या अहिले घटेको छ ।’

प्रदेश अस्पतालमा दुईवटा अक्सिजन प्लान्ट
कर्णाली प्रदेश अस्पतालमा दुईवटा अक्सिजन प्लान्ट सञ्चालनमा छन् । ती प्लान्टबाट हाइफ्लोमा अक्सिजन दिन नसकिएको अस्पताल प्रशासनले जनाएको छ । अस्पतालमा अक्सिजनको अभाव रहेको र अहिले प्लान्टबाटै धेरैजसोलाई अक्सिजन दिने काम भइरहेको, हाइफ्लो चाहियो भने सिलिन्डर नै स्वीच गर्नुपर्ने, तर अहिले अस्पतालमा अक्सिजन सिलिन्डर अभाव रहेको एक चिकित्सकले बताए । हाइफ्लो अक्सिजन चाहिने बिरामीका लागि अहिले अस्पतालमा अक्सिजनको अभाव भएकाले थप बिरामी भर्ना नसक्ने अवस्था आएको अस्पतालको भनाइ छ ।

ad
ad