मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o७८ बैशाख ३० बिहीबार
  • Monday, 14 July, 2025
२o७८ बैशाख ३० बिहीबार o७:o१:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार प्रिन्ट संस्करण

होम आइसोलेसनमा बसेका  गुरुङलाई मुख्यमन्त्रीको शपथ

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o७८ बैशाख ३० बिहीबार o७:o१:oo

ठूलो दलको हैसियतमा २८ सांसदसहित अल्पमतका मुख्यमन्त्री बनेका पृथ्वी सुब्बा गुरुङले कोरोनासम्बन्धी स्वास्थ्य मापदण्ड मिचेर शपथ लिएका छन् । गुरुङमा २२ वैशाखमा कोरोना संक्रमण पुष्टि भएको थियो ।

त्यसपछि उनी होम आइसोलेसनमा थिए । तर, प्रदेश प्रमुखको निवासमा आयोजना गरिएको कार्यक्रममा शपथ लिएका छन् । शपथ लिनुअघि उनले कोरोना ठीक भए–नभएको दोस्रो परीक्षण गराएका थिएनन् ।

जब कि होम आइसोलेसनमै रहेका वेला उनले २६ वैशाखमा घरबाटै राजीनामा दिएका थिए । शपथमा प्रदेश प्रमुख सीताकुमारी पौडेल र मुख्यमन्त्री गुरुङबाहेक सभामुख नेत्र अधिकारी, उपसभामुख सिर्जना शर्मा, उच्च अदालत पोखराका मुख्य न्यायाधीश रमेश पोखरेल, एमालेका मुख्य सचेतक मायानाथ अधिकारी, प्रदेश नीति तथा योजना आयोग उपाध्यक्ष गिरिधारी शर्मा, मुख्यमन्त्रीका प्रेस संयोजक विक्रम न्यौपानेसहित चार पत्रकार, प्रदेश प्रमुख कार्यालयका केही कर्मचारी र सुरक्षाकर्मी उपस्थित थिए ।

शपथपछि प्रतिक्रिया लिन पुगेका सञ्चारकर्मीसँग गुरुङले दूरी बनाएर संवाद गरेका थिए । तर, तत्कालै बोल्न गाह्रो भयो भन्दै उनी कोठाभित्र पसेका थिए ।