कर्णाली प्रदेशका नवनियुक्त तीन मन्त्रीको शपथ बिहीबार हुने भएको छ । मन्त्रीको शपथ बिहीबार बिहान ११ बजे हुने तय भएको मुख्यमन्त्री महेन्द्रबहादुर शाहीका प्रेस सल्लाहकार ध्रुवविक्रम बुढाथोकीले बताए ।
आन्तरिक मामिला, कानुन, युवा तथा खेलकुदमन्त्रीमा बिन्दमान विष्ट, जलस्रोत तथा ऊर्जा विकासमन्त्रीमा सीता नेपाली र आर्थिक मामिला तथा योजनामन्त्रीमा गोपाल शर्मा नियुक्त भएका छन् । मुख्यमन्त्री शाहीले विष्ट, नेपाली र शर्मालाई बुधबार मन्त्री नियुक्त गरेका हुन् ।