१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २० बिहीबार
  • Thursday, 02 May, 2024
२o८१ बैशाख २० बिहीबार १४:o१:oo
Read Time : < 1 मिनेट
ad
ad
मुख्य समाचार डिजिटल संस्करण

युनिभर्सल मेडिकल कलेज भैरहवाले आज ४ बजेपछि अक्सिजनसहितका उपचार नदिने

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख २० बिहीबार १४:o१:oo

युनिभर्सल मेडिकल कलेज भैरहवाले आज ४ बजेपछि अक्सिजनसहितका उपचार सेवा नदिने निर्णय गरेको छ । कोभिड– १९ बाट संक्रमित भई अक्सिजन उपचारमा रहेका बिरामीहरूका लागि अतिआवश्यक रहेको अक्सिजन आपूर्ति नभएको भन्दै वैशाख २९ गते दिउँसो ३ देखि ४ बजेसम्म मात्र अक्सिजन रहेकाले त्यसपछिको उपचार सेवा दिन सकिने अस्पतालका जनसम्पर्क अधिकृत सुशील गुरुङले बताए । 

अस्पताललाई आवश्यक पर्ने अक्सिजन माग गर्दा पनि कहीँकतैबाट सुनुवाइ नभएपछि अस्पतालले विज्ञप्ति जारी गर्न बाध्य भएको गुरुङले बताए । अस्पताल प्रशासनले विज्ञप्ति जारी गर्दै दैनिक सात सयभन्दा बढी सिलिन्डर माग रहेको अस्पतालमा जिल्लामा रहेका तीनवटै अक्सिजन प्लान्ट र अन्य जिल्लाहरूबाट समेत अक्सिजन आपूर्तिमा कठिनाइ भएको भन्दै उपचारत बिरामी पक्षले आ–आफ्नो व्यवस्थापन गर्न अनुरोध गरेको छ ।

अक्सिजन अभावमा हुन सक्ने भवितव्यलाई मध्यनजर गर्दै आफ्ना बिरामीहरूलाई व्यवस्थित गर्न अस्पताल प्रशासनले आग्रह गरेको छ ।

 

ad
ad