मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
नयाँ पत्रिका काठमाडाैं
२०७८ बैशाख २९ बुधबार ११:१०:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

प्रदेश सांसद पशुपति चौलागाईंको पशुपति आर्यघाटमा अन्त्येष्टि

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
२०७८ बैशाख २९ बुधबार ११:१०:००

नेकपा एमालेका नेता एवं प्रदेश सांसद पशुपति चौलागाईंको पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको छ । कोरोना संक्रमण भएपछि काठमाडौंको सीतापाइलास्थित मनमोहन अस्पतालमा उपचारको क्रममा मंगलबार साँझ निधन भएका उनको बुधबार बिहान अन्त्येष्टि गरिएको हो । 

अन्त्येष्टिमा गृहमन्त्री रामबहादर थापा, सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङ, पूर्वमन्त्री आनन्दप्रसाद पोखरेल, एमाले कार्यालय सचिव शेरबहादुर तामाङलगायतका नेता–कार्यकर्ताहरूकाे उपस्थिति थियो ।

यसअघि अस्पताल परिसरमा नेपाल सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री गुरुङले उनको  पार्थिव शरीरमा  राष्ट्रिय झन्डा ओढाएर श्रद्धाञ्जली अर्पण गरेका थिए ।