मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७८ बैशाख २९ बुधबार ०७:२५:००
Read Time : < 1 मिनेट
समाचार प्रिन्ट संस्करण

अक्सिमिटरमा कालोबजारी : ६ सयको अक्सिमिटर २२ सयमा बिक्री, सातजना पक्राउ

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७८ बैशाख २९ बुधबार ०७:२५:००

कोभिड–१९ संक्रमणको फाइदा उठाउँदै कम गुणस्तरको अक्सिमिटर बिक्री गर्ने सातजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सिन्धुलीका शिखर श्रेष्ठ, बाजुराका थुमराज उपाध्याय, स्याङ्जाका शेषकान्त अधिकारी, सुनसरीका पुष्कर घिमिरे, मोरङका विशाल आचार्य, सिन्धुपाल्चोकका सन्तोष भण्डारी र भारत राजस्थानका जगदीशप्रसाद रानासरिया छन् । 

महानगरीय अपराध महाशाखाबाट खटिएको प्रहरी टोलीले उनीहरूलाई मंगलबार पक्राउ गरेको हो । प्रहरीले उनीहरूको साथबाट सात सय ६५ अक्सिमिटर पनि बरामद गरेको छ । बजारमा ६ सय रूपैयाँमा पाउने अक्सिमिटर उनीहरूले दुई हजार दुई सय बीस रूपैयाँमा बिक्री गर्दै आएका थिए ।

महाशाखाका प्रवक्ता एसपी कृष्ण कोराइलाले बरामद अक्सिमिटर कम गुणस्तरको, तर अत्यधिक मूल्यमा बिक्री हुँदै आएको बताए । ‘कम गुणस्तरका सात सय  ६५ अक्सिमिटर बरामद भएका छन् । अक्सिमिटरले राम्रोसँग काम नगर्ने गरेको पाइयो ।  तर, मूल्य भने २२ सय रूपैयाँ लिएका रहेछन्,’ उनले भने ।

प्रहरीका अनुसार बरामद अक्सिमिटर आहा इन्डस्ट्रियल कम्पनीका कामदार विशाल आचार्यले न्युरोडमा रहेको डि एन्ड डि इन्टरप्राइजेजमार्फत ल्याएका थिए । उनले चीनबाट मास्कको तुना ल्याउने बाकसमा अक्सिमिटर लुकाई ल्याएका थिए । अक्सिमिटर ल्याउँदा भन्सार तिरिएको छैन । न उत्पादक कम्पनी र मूल्य नै लेखिएको छ ।