१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २४ सोमबार
  • Monday, 06 May, 2024
फाइल तस्बिर
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख २४ सोमबार १६:४o:oo
Read Time : > 1 मिनेट
ad
ad
मुख्य समाचार डिजिटल संस्करण

अक्सिजन उद्योगमा २४सै घन्टा विद्युत् आपूर्तिको व्यवस्था मिलाउन सिसिएमसीको निर्देशन

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख २४ सोमबार १६:४o:oo

कोभिड– १९ संकट व्यवस्थापन सञ्चालन केन्द्र (सिसिएमसी)ले अक्सिजन उद्योगहरूमा नियमित विद्युत् आपूर्तिको व्यवस्थापन मिलाउन नेपाल विद्युत् प्राधिकरणलाई निर्देशन दिएको छ । बजारमा अक्सिजनको आपूर्ति सहज हुन नसकेको विद्यमान अवस्थामा विद्युत् अभावमा उत्पादन नरोकियोस् भन्ने उद्देश्यले सिसिएमसीले अक्सिजन उद्योगहरूमा २४सै घन्टा विद्युत् आपूर्तिको व्यवस्था मिलाउन निर्देशन दिएको हो ।

कोभिड– १९ संक्रमितको संख्या बढेसँगै अधिकांश बिरामीलाई उपचारका लागि अक्सिजन आवश्यक पर्ने र अक्सिजन अभावमा मृत्यु हुने घटना बढेपछि केन्द्रले अक्सिजनको वितरणलाई समानुपातिक र न्यायपूर्ण बनाउन मेडिकल अक्सिजन वितरण कार्यविधि २०७८ पनि ल्याएको छ । सोही कार्यविधिअनुसार अस्पतालहरूलाई अक्सिजन वितरण गर्ने काम भएको छ । 

बजारमा माग थेग्ने गरी अक्सिजन उत्पादन हुन नसकेपछि ग्यास उद्योगहरूको अनुगमन थालिएको छ । सबै उद्योगमा सुरक्षाकर्मी परिचालन गरिएको छ ।

सिंहदरबारमा मंगलबार बसेको सिसिएमसीको बैठकमा सचिव खगराज बरालले अक्सिजनको अवस्था र व्यवस्थापनका सम्बन्धमा भएका प्रयासबारे जानकारी गराएका थिए । उनले काठमाडौं उपत्यका र बनेपामा रहेका सबै नौवटा ग्यास उद्योगको अनुगमन गरी विवरण संकलन गरिएको, अक्सिजन उद्योगको क्षमता वृद्धि र मर्मत कार्यमा सहजीकरण र सहयोग गर्ने, उत्पादन, भण्डारण र वितरणको तथ्यांक अद्यावधिक गर्ने काम भएको बताए । 

अस्पतालहरूलाई अक्सिजनको न्यूनतम कोटा तोकिएको तथा खाली सिलिन्डर संकलन गरी उद्योगमा फिर्ता गर्ने प्रयास भइरहेको पनि उनले बताए । सिसिएमसीले सबैलाई बाँचौँ र बचाऔैँ भन्ने मूल आशयसहित अक्सिजनको आपूर्ति, ढुवानी, प्रयोग र उपयोगमा सहयोग गर्न पनि सबैलाई आग्रह गरेको छ । सिसिएमसीले काठमाडौं उपत्यका र काभे्रेका उद्योगसमेतमा गरी दैनिक सात हजार दुई सय सिलिन्डर उत्पादन रहेको बताएको छ ।

तर, अक्सिजन उत्पादक संघले भने दैनिक नौ हजार सिलिन्डर उत्पादन हुने गरेको बताइसकेको छ । संघले तत्काल वैकल्पिक उपायबाट अक्सिजनको आपूर्ति सहज बनाउन भनिसकेको छ । उसले अस्पतालका लागि मात्रै ग्यास उपलब्ध गराउने सरकारको निर्णय व्यावहारिक नभएको भन्दै दीर्घरोगी र घरमै कोभिडको उपचार गराइरहेकाका लागि पनि अक्सिजनको व्यवस्था गर्न माग गरेको छ । उनीहरूका लागि अक्सिजनको व्यवस्थापन गर्न नसक्ने हो भने नागरिकस्तरबाट आउने दबाबलाई उद्योगले धान्न नसक्ने संघले जनाएको छ ।
 

ad
ad