मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७८ बैशाख २४ शुक्रबार ०६:०१:००
Read Time : < 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

कर तिर्ने समय थप  गरिदिन आनको आग्रह

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७८ बैशाख २४ शुक्रबार ०६:०१:००

कोभिड–१९ को नयाँ भेरियन्टको रोकथामका लागि ७५ प्रतिशत भूभागमा निषेधाज्ञा जारी रहेको अवस्थामा सरकारलाई कर राजस्वको विवरण बुझाउनुपर्ने म्याद र कर रकम भुक्तानीका लागि समय थपिदिन नेपाल विज्ञापन संघ (आन) ले माग गरेको छ । संघले पत्राचारमार्फत अहिलेको परिस्थितिलाई मनन गरी मूल्य अभिवृद्धि कर, आयकरको अग्रिम कट्टीलगायतका करहरूको विवरण बुझाउने र कर तिर्ने समय थप गरिदिन माग गरेको हो । 

कोभिड महामारीका कारण दैनिक उपभोग्यबाहेकका व्यापार–व्यवसाय र सवारी आवागमन बन्द भएका, उद्योग प्रतिष्ठानका कर्मचारी तथा कामदारहरूको स्वास्थ्य संवेदनशीलताका कारण आवतजावत गर्न नसकेकाले समयमा विवरण बुझाउन र कर तिर्न नसक्ने जनाएको छ । कोभिड–१९ ले सिर्जना गरेको अप्ठ्यारो कति लामो समय रहन्छ भन्ने अनुमान गर्न नसकिने आनले जनाएको छ ।

अर्थतन्त्र चलायमान बन्न नसक्दा उद्योगी–व्यवसायी, काम गरेर खाने श्रमिक कामदारहरूलगायत आमसर्वसाधारणको दैनिक जीवनयापन कठिन भएको भन्दै सरकारलाई कर तिर्ने म्याद थप गर्न आग्रह गरिएको आनले जनाएको छ ।