१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
केदार दाहाल काठमाडाैं
२०७८ बैशाख २२ बुधबार ०६:२३:००
Read Time : > 2 मिनेट
फ्रन्ट पेज प्रिन्ट संस्करण

महामारीले ३८३ प्रवासीको मृत्यु, ४५ सय सक्रिय संक्रमित

Read Time : > 2 मिनेट
केदार दाहाल, काठमाडाैं
२०७८ बैशाख २२ बुधबार ०६:२३:००

महामारीले साउदी अरबमा ९०, बेलायतमा ८७, भारतमा ७१, युएईमा ५०, कतारमा २२ र कुवेतमा १९ जनाको मृत्यु विश्वभर ८६ हजार ६ सय ८१ संक्रमित, सबैभन्दा धेरै भारतमा २० हजार संक्रमित, तर त्यहाँ भएको क्षतिको यकिन तथ्यांक छैन

विश्वका विभिन्न कुनामा चार हजार चार सय ९८ जना प्रवासी नेपालीले अहिले कोभिडसँग संघर्ष गरिरहेका छन् । महामारी सुरु भएयता ८६ हजार ६ सय ८१ संक्रमित भएका थिए, अहिलेसम्म तीन सय ८३ जनाको ज्यान गएको छ । 

योबीचमा सबैभन्दा बढी प्रवासीको मृत्यु साउदी अरबमा भएको छ, त्यहाँ ९० जनाको ज्यान गएको छ । त्यस्तै, बेलायतमा ८७ जनाको मृत्यु भएको छ । भारतमा ७१, युएईमा ५०, कतारमा २२ र कुवेतमा १९ जनाको मृत्यु भएको छ । 

अमेरिकामा १८, पोर्चुगलमा चार, मेलेसियामा तीन, बहराइनमा तीन, दक्षिण अफ्रिकामा दुईजनाको मृत्यु भएको गैरआवासीय नेपाली संघको तथ्यांक छ । त्यस्तै, जर्मनी, आयरल्यान्ड, लक्जमबर्ग, स्विडेन, नेदरल्यान्ड, टर्की, केन्या, अल्जेरिया, युगान्डा, इजरायल, यमन, जापान र क्यानडामा एक–एक नेपालीको मृत्यु भएको छ । 

कोभिड– १९ को भयानक संक्रमण झेलिरहेको भारतमा दुई सातामा ३० नेपालीको कोरोना संक्रमणकै कारण मृत्यु भएको छ । गैरआवासीय नेपाली संघका अनुसार मे २ (गत आइतबारसम्म) को तथ्यांकअनुसार एक साता मात्रै भारतमा १० जना नेपालीको मृत्यु भएको छ । त्यसभन्दा अघिल्लो साता भारतमा २० नेपालीको कोरोना संक्रमणकै कारण मृत्यु भएको थियो ।

गैरआवासीय नेपाली संघका अनुसार भारतमा मात्रै कोरोनाका कारण ७१ नेपालीको मृत्यु भइसकेको छ । एनआरएनको स्वास्थ्य समितिका संयोजक डा. सञ्जीव सापकोटाका अनुसार अहिलेसम्म भारतमा रहेका २० हजारभन्दा बढी नेपालीलाई कोरोना संक्रमण भएको छ । तीमध्ये १७ हजारभन्दा बढी कोरोनामुक्त भएका छन्, तीन हजार अहिले पनि संक्रमित छन् । 

अहिलेसम्म विदेशमा कोरोना संक्रमणबाट तीन सय ८३ नेपालीको मृत्यु भएको छ । गत साता भारतमा १० बाहेक साउदीमा एक गरी ११ जनाको मृत्यु भएको थियो । एनआरएनको स्वास्थ्य समितिका अनुसार भारतसहित विश्वभर २१ मुलुकमा रहेका तीन सय ८३ जना नेपालीको कोभिड १९ का कारणले निधन भएको छ । यो साता मलेसिया, भारत, कुवेत, युएई र साउदी अरेबियामा रहेका थप नेपालीमा कोरोना भाइरसको संक्रमण देखिएको छ । 

नेपालमा एकै दिन ५५ संक्रमितको मृत्यु
नेपालमा कोरोना संक्रमणबाट मंगलबार हालसम्मकै सर्वाधिक मृत्यु भएको छ । पछिल्लो २४ घन्टामा देशभर ५५ जनाको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । स्वास्थ्य मन्त्रालयको तथ्यांकअनुसार अहिलेसम्म संक्रमणबाट मृत्यु हुनेको संख्या तीन हजार चार सय १७ पुगेको छ । सोमबार ३७ र आइतबार २७ संक्रमितको मृत्यु भएको थियो । वैशाखमा मात्रै तीन सय ५९ जनाको मृत्यु भएको छ । पछिल्लो २४ घन्टामा सात हजार ६ सय ६० जनामा संक्रमण पुष्टि भएको छ ।

यो संख्या पनि एकै दिन धेरै संक्रमित देखिएको अहिलेसम्मकै उच्च हो । मंगलबार १६ हजार एक सय ३१ जनाको पिसिआर गरिएको थियो । त्यसमा सात हजार पाँच सय ८७ जनालाई संक्रमण देखिएको छ । त्यस्तै, पाँच ७१ जनाको एन्टिजेन परीक्षण गर्दा ७३ जनाको पजिटिभ रिपोर्ट आएको छ । देशभर अहिले ५९ हजार सात सय ९८ जना सक्रिय संक्रमित छन् । 

विभागले भारत हेर्ने गरेको छैन : कृष्ण दवाडी महानिर्देशक, वैदेशिक रोजगार विभाग

नेपालबाट अहिले पनि विभिन्न मुलुकमा रोजगारीका लागि दैनिक चार सयको हाराहारीमा विमानस्थलबाट बाहिरिने गरेका छन् । अहिले भारतमा समस्या आएको छ । तर, विभागले भारत हेर्ने गरेको छैन । मध्यपूर्व तथा खाडीमा दोस्रो लहरले नेपालीलाई खासै समस्या पारेको छैन । विभागले मंगलबार मात्रै सबै देशका दूतावास र वैदेशिक रोजगार व्यवसायीलाई परिपत्र गरेर समस्या आएमा समाधान गर्न र दूतावासको सम्पर्कमा आउन आग्रह गरेको छ । 

चालू वर्षमै सवा लाख मजदुर बिदेसिए : सुजित श्रेष्ठ महासचिव,  वैदेशिक रोजगार व्यवसायी संघ

कोरोना भाइरसको दोस्रो लहरले नेपाली कामदार जान नसक्ने भएका छन् । चालू आर्थिक वर्षभित्रमै पनि साउदी अरेबियामा एक लाख १७ हजार कामदार गएका छन् । साउदी अरबमा अहिले ५० हजारभन्दा बढी जाने तयारीमा थिए, तर अब जान नपाउने भएका छन् । अब श्रम स्वीकृति लिन नपाउने अवस्था भएको छ । अहिले सयाैँको संख्यामा काठमाडौं आइसकेका छन् । उनीहरूलाई कसरी सेवा दिने भन्ने विषयमा भोलि छलफल हुने भएको छ । पछिल्लो समय साउदी, कतार, बहराइनबाट कामदारको माग आएको थियो । त्यस्तै, कतार जाने तयारीमा रहेका ४० हजार पनि अहिलेको भाइरसका कारण रोकिएका छन् ।