मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
नयाँ पत्रिका काठमाडाैं
२०७८ बैशाख २१ मंगलबार १३:४६:००
Read Time : < 1 मिनेट
खेलकुद डिजिटल संस्करण

नेपाल सुपर लिग : बुटवल शीर्ष स्थानमा उक्लिने दाउमा

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
२०७८ बैशाख २१ मंगलबार १३:४६:००

नेपाल सुपर लिगअन्तर्गत आज  बुटवल लुम्बिनी एफसी लिगको शीर्ष स्थानमा उक्लिने दाउमा रहेको छ । शीर्ष स्थानमा पुग्ने लक्ष्यका साथ बुटवलले आज काठमाडौं रेजर्ससँग प्रतिस्पर्धा गर्दै छ । 

बुटवल लिगको तेस्रो स्थानमा रहेको छ । काठमाडौंविरुद्ध आजको खेल जितेमा बुटवल शीर्ष स्थानमा पुग्न सफल हुनेछ । प्रतियोगितामा तीन खेल खेलेको बुटवलको हालसम्म एउटामा जlत तथा दुईमा बराबरीका साथ पाँच अंक छ । काठमाडौंसितको खेल जितेमा बुटवल आठ अंकका साथ शीर्ष स्थानमा उक्लिनेछ । 

जारी प्रतियोगितामा बुटवल एक मात्र अपराजित टोली हो । यसअघि बुटवलले पहिलो खेलमा पोखरा थन्डर्सलाई २–० गोलले हराएको थियो । दोस्रो खेलमा बुटवलले चितवनसँग २–२ गोलको बराबरी खेलेको थियो । तेस्रो खेलमा पनि बुटवलले विराटनगरसँग २–२ गोलको बराबरीमा खेल टुंग्याएको थियो ।

यसैगरी काठमाडौं रेजर्स दोस्रो जितको लक्ष्यका साथ आज बुटवलविरुद्ध मैदानमा उत्रिँदै छ । काठमाडौंले हालसम्म तीन खेलमा एउटामा जित, एउटामा बराबरी तथा एक खेलमा हार व्यहोर्दै चार अंक जोडेको छ । पहिलो खेलमा काठमाडौंले ललितपुरलाई पराजित गरेको थियो । दोस्रो खेलमा काठमाडौं धनगढीसँग पराजित भएको थियो । तेस्रो खेलमा काठमाडौंले पोखरासित बराबरी खेलेको थियो ।

 बुटवलविरुद्धको खेलमा विजयी भएमा काठमाडौं लिगको शीर्ष तीनमा उक्लिनेछ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा बुटवल लुम्बिनी एफसी र काठमाडौं रेजर्सबीच साँझ साढे ५ बजे खेल सुरु हुनेछ । रासस