१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २१ शुक्रबार
  • Friday, 03 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख २१ शुक्रबार o८:o१:oo
Read Time : < 1 मिनेट
ad
ad
अर्थ प्रिन्ट संस्करण

इन्फ्रास्ट्रक्चर बैंकद्वारा आरटिजिएस प्रणाली सञ्चालन 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख २१ शुक्रबार o८:o१:oo

 नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेडले नेपाल राष्ट्र बैंकको रियल टाइम ग्रस सेटलमेन्ट (आरटिजिएस) प्रणालीमा आबद्ध भई कारोबार सुरु गरेको छ ।

यसका निम्ति कनेक्ट आरटिजिएस प्रणालीमा बैंकलाई एनसिएचएलले आबद्ध गराएको हो ।नेपाल राष्ट्र बैंकको आरटिजिएस प्रणाली विस्तार गर्ने क्रममा ३५ बैंक वित्तीय संस्थाहरूले प्रयोग गर्दै आएको प्रणालीमा इन्फ्रास्ट्रक्चर बैंक पनि जोडिएको एनसिएचएलले जनाएको छ ।

यससँगै २ लाखभन्दा माथिका भुक्तानीहरू तत्काल गर्न सकिने हुँदा यसले बैंकको फन्ड म्यानेजमेन्ट थप सहज हुने एनसिएचएलले अपेक्षा गरेको जनाएको छ । 

ad
ad