१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
२०७८ बैशाख ११ शनिबार १५:४२:००
Read Time : > 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

सेतो बोर्डमा कालो अक्षर लेखेर पढ्ने धोको मेट्दै मुसहर बुहारी 

सन्तानको विवाह बीस वर्ष पारी गर्ने संकल्प

Read Time : > 1 मिनेट
२०७८ बैशाख ११ शनिबार १५:४२:००

तीन सन्तानकी आमा फुल्झारोदेवी सदा अहिले कखरा सिक्नमा व्यस्त छिन् । उमेरले २० ’२२ पुगेकी सदाको पहिलो सन्तान छ वर्षको पुग्यो । उनी भन्छिन्, ‘पढ्ने रहर थियो । तर, पढ्न पाइएन । अहिले त्यो धोको सेतो बोर्डमा कालो अक्षर लेखेर मेट्दै छु । सरले पढाएको कुरा आधाभन्दा बढी बिर्सिन्छु । घरपरिवार चलाउन र बालबच्चा पाल्न नै समय अपर्याप्त हुँदासमेत सक्नेजति सिक्ने प्रयास गरिरहेकि छु । केही अक्षर चिनेकी छु ।’ 

आफ्नो बिहे कम उमेरमै भए पनि सन्तानको विवाह भने २० वर्ष पारि नै गर्ने उनको संकल्प छ । ‘शिक्षा नभएकै कारण अभिभावकले कम उमेरमा बिहे गराइदिए । अहिले कक्षामा आउन थालेपछि कम उमेरको विवाहका कारण आउने समस्या आफैँले भोग्दा पछुतो भइरहेको छ ।’

तीनमहिने कार्यक्रमअन्तर्गत पढाउन सुरु गरिएकोमा अहिले तीन महिना पुग्नै लागेको र अझै पढ्ने धोको नमेटिएको बताउँदै उनी समुदायमै थप पढाइको व्यवस्था हुनसके अझै पढ्न लालायित भएको उनी बताउँछिन्। 

उनी युकेएड र डिएफआइडीको आर्थिक सहयोग,स्ट्रिट चाइल्ड अफ नेपालको नेतृत्व र आसमान नेपाल,जानकी महिला जागरण समाज तथा सहयोगी हातहरूको समूहको सहकार्यमा सञ्चालित ब्रेकिङ द बाेन्ड र मार्जिनलाइज्ड नो मोर परियोजनाअन्तर्गतको जीवन उपयोगी शिक्षा कार्यक्रमअन्तर्गत अक्षर चिन्ने मौका पाएकी हुन् । 

मटिहानी नगरपालिका–९ सिमरदहीको अति विपन्न मुसहर बस्तीका १५ जना किशोरीहरू उनीसँगै कखरा सिक्दै छिन् । सोमध्ये १० जना विवाहिता किशोरी छन् ।  सोही वडाको अर्को मुसहर बस्तीमा २० जना किशोरीहरू अक्षर चिन्दै गरेकोमा उक्त समूहमा पनि  ६ जना विवाहिता किशोरीले पढिरहेका छन् ।  

कम उमेरमै विवाह भएर अक्षरसँग भेट हुन नपाएका किशोरीहरू मौका मिल्दा भने अक्षर चिन्न थालेपछि समुदायमा परिवर्तन आउन थालेको मटिहानी नगरपालिकाकी उपमेयर शिवोदेवी साह बताउँछिन् ।