मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७८ बैशाख ९ बिहीबार १६:५८:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

भारतद्वारा ३९ एम्बुलेन्स र ६ स्कुलबस हस्तान्तरण

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७८ बैशाख ९ बिहीबार १६:५८:००

भारतीय राजदूतावासले स्वास्थ्य तथा शिक्षाको क्षेत्रमा काम गरिरहेका नेपालका विभिन्न सरकारी तथा गैरनाफामूलक संघसंस्थालाई ३९ वटा एम्बुलेन्स तथा ६ वटा स्कुलबस उपहारस्वरूप प्रदान गरेको छ । 


ग्रामीण क्षेत्रमा स्वास्थ्यको पहुँच विस्तार गर्न लामो समयदेखि नेपालका सरकारी तथा गैरनाफामूलक संस्थाहरूलाई भारत सरकारका तर्फबाट दूतावसले हरेक वर्ष एम्बुलेन्स तथा स्कुलबस दिँदै आएको छ । भारत स्वन्त्र भएको ७५औँ वर्षगाँठ मनाउने सिलसिलाअन्तर्गत यो उपहार प्रदान गरिएको भारतीय दूतावासले जनाएको छ ।

भारतले सन् १९९४ यता नेपालका सरकारी तथा गैरसरकारी संस्थालाई ८६२ वटा एम्बुलेन्स प्रदान गरेको छ । भारतले एड्भान्स लाइफ सपोर्ट, बेसिक लाइफ सपोर्ट र कमन लाइफ सपोर्टजस्ता तीन प्रकारको मापदण्ड तोकेर एम्बुलेन्स दिएको दूतावासले जनाएको छ । 

‘यी एम्बुलेन्स नेपाल सरकारले तोकेको मापदण्डअनुरूप निर्माण गरिएका हुन्,’ दूतावासका प्रवक्ता नवीन कुमारले भनेका छन्, ‘राजदूतावासले अहिले प्रदान गरिएका ६ समेत गरी हालसम्म एक सय ६६ वटा स्कुलबस उपहारस्वरूप उपलब्ध गराइसकेको छ ।’