मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o७८ बैशाख ८ बुधबार
  • Saturday, 12 July, 2025
नयाँ पत्रिका काठमाडौं
२o७८ बैशाख ८ बुधबार o६:३२:oo
Read Time : < 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

स्याङयोङको नयाँ वर्ष अफर

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७८ बैशाख ८ बुधबार o६:३२:oo

नेपालका लागि स्याङयोङ मोटर्सको आधिकारिक विक्रेता आइएमएस मोटर्सले नयाँ वर्ष २०७८ सालको अवसर पारेर ‘स्याङयोङ नव वर्ष अफर’ ल्याएको छ । कम्पनीले नगद छुट तथा एक्सचेन्ज बोनससहितको योजना ल्याएको हो । 

योजनाअनुसार ग्राहकले रेक्स्टन, टिभोली अटोमेटिक ट्रान्समिसन र टिभोली म्यानुअल ट्रान्समिसनमा ५ लाख रुपैयाँसम्म क्यास डिस्काउन्ट दिने जनाएको छ । त्यस्तै, २ लाख रुपैयाँसम्मको एक्सचेन्ज बोनस पनि प्राप्त गर्न सक्ने कम्पनीले जनाएको छ । 

यसबाहेक १ वर्ष निःशुल्क बिमा, ७ वर्ष सजिलो फाइनान्स, ३ वर्ष वारेन्टी, ३ वर्ष निःशुल्क सर्भिसिङ तथा ११ हजार रुपैयाँसम्मको निःशुल्क एसेसरिज प्रदान गर्ने जनाइएको छ । यो अफर वैशाख ३१ गतेसम्म लागू हुने कम्पनीले जनाएको छ ।