१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख ३१ सोमबार
  • Monday, 13 May, 2024
२o८१ बैशाख ३१ सोमबार १४:२६:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

लुम्बिनीका मुख्यमन्त्री पोखरेलविरुद्ध अविश्वास प्रस्ताव दर्ता, नयाँ मुख्यमन्त्रीमा केसीलाई प्रस्ताव

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख ३१ सोमबार १४:२६:oo

लुम्बिनी प्रदेशमा मुख्यमन्त्री शंकर पोखरेलविरुद्ध अविश्वास प्रस्ताव दर्ता भएको छ । कांग्रेस, माओवादी केन्द्र, जसपाका सांसदहरूले प्रदेश सभा सचिवालयमा अविश्वासको प्रस्ताव दर्ता गरेका हुन् । 

नयाँ मुख्यमन्त्रीमा कुलप्रसाद केसीलाई प्रस्ताव गरिएको छ । कांग्रेस संसदीय दलका प्रमुख सचेतक फखरुद्दिन खानका अनुसार ४१ सांसदले हस्ताक्षर गरेको अविश्वासको प्रस्ताव दर्ता गरिएको छ ।

८७ सदस्यीय प्रदेशसभाका दुई सदस्य पदमुक्त भएका छन् । नयाँ सरकार बनाउन ४३ सदस्य चाहिन्छ । एमालेका ४१, कांग्रेसका १९, माओवादी केन्द्रका १७, जसपाका ६ र राष्ट्रिय जनमोर्चाका एक सदस्य छन् ।

यसअघि माओवादी केन्द्रले लुम्बिनी प्रदेशका मुख्यमन्त्री पोखरेल नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिएको थियो । समर्थन फिर्तासँगै माओवादीका दुई मन्त्रीले पनि राजीनामा दिएका थिए । 

ad
ad