१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७८ बैशाख ५ आइतबार
  • Monday, 30 June, 2025
रमेश रावल वीरेन्द्रनगर
२o७८ बैशाख ५ आइतबार १९:o७:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

कर्णालीका नवनियुक्त तीनमन्त्रीले लिए शपथ

Read Time : < 1 मिनेट
रमेश रावल, वीरेन्द्रनगर
नयाँ पत्रिका
२o७८ बैशाख ५ आइतबार १९:o७:oo

कर्णाली प्रदेशका नवनियुक्त तीन मन्त्रीले पद तथा गोपनीयताको शपथ लिएका छन् । नवनियुक्त मन्त्रीहरूले आइतबार साँझ प्रदेश प्रमुख गोविन्दप्रसाद कलौनीसमक्ष पद तथा गोपनीयताको शपथ लिएका हुन् । 

कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले फ्लोर क्रस गरेर आफूलाई विश्वासको मत दिने एमालेको माधव नेपाल समूहका तीन सांसदलाई शनिबार साँझ मन्त्रीमा नियुक्त गरेका थिए । 

मुख्यमन्त्री शाहीले अमर थापालाई भौतिक पूर्वाधारमन्त्री, नन्दसिंह बुढालाई भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री र कुर्मराज शाहीलाई उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्रीमा नियुक्त गरेका थिए ।