Skip This
Skip This
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ६ बिहीबार
  • Thursday, 18 April, 2024
नयाँ पत्रिका विराटनगर
२०७८ बैशाख ५ आइतबार ०९:५२:००
Read Time : < 1 मिनेट
खेलकुद प्रिन्ट संस्करण

एपिएफले जित्यो विराट गोल्डकप

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, विराटनगर
२०७८ बैशाख ५ आइतबार ०९:५२:००

विराटनगरमा जारी छैटौँ संस्करणको विराट गोल्डकप फुटबलको उपाधि नेपाल सशस्त्र प्रहरीको एफिएफ टिमले जितेको छ । शनिबार भएको फाइनल खेलमा भारतको पन्जाब पुलिसलाई हराउँदै एपिएफले उपाधि हात पारेको हो ।

सहिद रंगशालामा सम्पन्न खेलमा एपिएफ, काठमाडौंले पन्जाब पुलिसको टिमलाई १–० गोलअन्तरले हराउँदै उपाधि जितेको हो । एफिएफका खेलाडी प्रदीप लामाले पहिलो हाफको १०औँ मिनेटमा गरेको पहिलो गोल नै टिमलाई जित दिलाउने निर्णायक गोल बन्यो । त्यसपछि पटक–पटक एपिएफले गोल थप्ने प्रयास गरे पनि उपलब्धि हासिल गर्न सकेन । एपिएफ नेपाल प्रहरी र घरेलु टिम विराटनगरलाई हराउँदै फाइनल प्रवेश गरेको थियो ।

विराट गोल्डकपमा पहिलोपटक भाग लिएको पन्जाबले सहिद स्मारक ‘ए’ डिभिजन लिग विजेता मच्छिन्द्रसँगै गोरखा ब्वाइज र आहा रारा गोल्डकपको च्याम्पियन तथा विराट गोल्डकपको पूर्वविजेता टिम संकटा क्लबलाई हराउँदै फाइनलमा प्रतिस्पर्धा गरेको थियो ।

 पन्जाब पुलिसका प्रशिक्षक हरनेक सिंहले मुख्य खेलाडीहरू घाइते भएकाले चाहेअनुसार खेल्न नसक्दा हार बेहोर्नुपरेको बताएका छन् । २६ चैतदेखि सुरु भएको रात्रिकालीन गोल्डकपको विजेताले १५ लाख १५ हजार र उपविजेता टिमले सात लाख ५१ हजार रुपैयाँ नगद प्राप्त गरेका छन् ।

विजेता र उपविजेता खेलाडीलाई प्रदेश १ प्रमुख सोमनाथ अधिकार प्यासी र मुख्यमन्त्री शेरधन राई र विराटनगर महानगरपालिका प्रमुख भीम पराजुलीलगायतले सिल्ड, नगद र प्रमाणपत्र प्रदान गरे ।