१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७८ बैशाख ४ शनिबार
  • Wednesday, 02 July, 2025
नयाँ पत्रिका काठमाडौं
२o७८ बैशाख ४ शनिबार १७:३६:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

वैशाखभरि सहरी क्षेत्रका विद्यालय बन्द गर्न सिसिएमसीको सिफारिस

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७८ बैशाख ४ शनिबार १७:३६:oo

कोरोना संक्रमण बढ्न थालेपछि कोभिड—१९ संकट व्यवस्थापन केन्द्र (सिसिएमसी)ले सहरी क्षेत्रका विद्यालय वैशाखभर बन्द गर्न सिफारिस गरेको छ । उपप्रधानमन्त्री एवं सिसिएमसीका संयोजक ईश्वर पोखरेलको अध्यक्षतामा शनिबार सिंहदरबारमा बसेको बैठकले विद्यालय बन्द गर्न मन्त्रिपरिषद्लाई सिफारिस गरेको हो । 

शिक्षा मन्त्रालयले शुक्रबार विज्ञप्ति जारी गरेर डिसिसिएमसीको समन्वयमा पालिकाले विद्यालय बन्द वा खुला गर्न सक्ने जनाएको थियो । स्वास्थ्य मन्त्रालयले अति जोखिमयुक्त १४ जिल्लाका बालबालिकालाई विद्यालय नपठाउन आग्रह गरे पनि पालना भएको छैन ।

अब बस्ने मन्त्रिपरिषद्को बैठकमा सिसिएमसीको सिफारिसबारे छलफल भएर निर्णय हुने भएको छ ।