मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
नयाँ पत्रिका काठमाडौं
२०७८ बैशाख ४ शनिबार १७:३०:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

प्रचण्ड भन्छन्– प्रतिकारको संकेत गण्डकी र लुम्बिनी प्रदेशमा देखिँदै छ, केन्द्रमा पनि प्रयासरत छौँ

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७८ बैशाख ४ शनिबार १७:३०:००

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले मुलुकमा राजनीतिक स्थिरता देख्न नचाहने र अस्थिरता निम्त्याउन खोज्नेविरुद्धको प्रतिकारमा आफूहरू लागिरहेको बताएका छन् । पार्टीनिकट शिक्षक संगठनको कार्यक्रममा शनिबार उनले प्रतिकारको संकेत कर्णालीमा देखिएको, तर अब गण्डकी र लुम्बिनी प्रदेशमा पनि देखिने दाबी गरे । 

उनले प्रधानमन्त्री केपी ओलीनिकटका उग्रगुटवादी, प्रतिक्रियावादी, प्रतिक्रान्तिकारी र दक्षिणपन्थी सोच भएकाले एकतासँगै सुरु गरेको षडयन्त्र एकीकरण भंग भएसंगै ‘क्लाइमेक्स’मा पुगेको पनि दाबी गरे । तत्कालीन माओवादी केन्द्र र एमालेबीच एकता भएपछि सबैतिर खुसियाली भए पनि प्रतिक्रियावादी र उग्रगुटवादीहरूलाई सह्य नभएको प्रसंग उल्लेख गर्दै उनले तिनै शक्तिको षड्यन्त्रको ‘क्लाइमेक्स’को रूपमा मुलुकको राजनीति पुगेको टिप्पणी गरे । 

उनले भने ‘केपी गुटमा प्रत्यक्ष रूपमा संलग्न केही नेताबाहेक आमरूपमा खुसियाली थियो । नेता भेटियो भन्ने थियो । तर, केपी र केपीनिकटका केही उग्रगुटवादीहरूलाई सह्य भएन र त्यही बिन्दुबाट पार्टीभित्र चरम गुटबन्दी र हाम्राविरुद्ध भ्रामक प्रचारबाजी र षड्यन्त्र सुरु भयो । त्यसपछि प्रतिक्रियावादी, प्रतिक्रान्तिकारी र दक्षिणपन्थी सोच भएका माछेहरूले यो पार्टीलाई विभाजित गरिछाड्ने षड्यन्त्र गरेको र त्यही षड्यन्त्रको क्लाइमेक्सका रूपमा अहिलेको राजनीति छ । गण्डकी प्रदेशमा अविश्वासको प्रस्ताव दर्ता भएको र बहुमतले सरकार परिर्वतनका निम्ति अर्को मुख्यमन्त्रीको नामसहित समावेदन प्रस्तुत गरेको छ र समर्थन फिर्ता पनि हामीले लिइसकेका छौँ । लुम्बिनीमा पनि सरकार परिवर्तनका निम्ति करिब–करिब बहुमतको हस्ताक्षर संकलन भइसकेको छ । अर्कोतिर केन्द्रमा अन्योल र अराजकताको स्थिति अन्त्य गर्न केन्द्रीयस्तरमा पनि हामी लगातार प्रयास गरिरहेका छौँ ।’