१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७८ बैशाख ३ शुक्रबार
  • Sunday, 06 July, 2025
नयाँ पत्रिका काठमाडाैं
२o७८ बैशाख ३ शुक्रबार १९:oo:oo
Read Time : > 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

ओलीको सत्तालिप्साका कारण गणतन्त्र समाप्त हुने स्थितिमा पुग्यो : अष्टलक्ष्मी शाक्य

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o७८ बैशाख ३ शुक्रबार १९:oo:oo

नेकपा (एमाले) माधवकुमार नेपाल समूहकी बागमती प्रदेश इन्चार्ज अष्टलक्ष्मी शाक्यले पार्टी अध्यक्ष केपी शर्मा ओलीको सत्तालिप्साका कारण गणतन्त्र समाप्त हुने स्थितिमा पुगेको आरोप लगाएकी छिन् । 

नेकपा (एमाले) नेपाल समूहको काठमाडौं जिल्ला कमिटीले आयोजना गरेको शपथग्रहण समारोहमा बोल्दै नेतृ शाक्यले पार्टी अध्यक्ष एवं प्रधानमन्त्री ओलीको सत्तालिप्साका कारण ठूलो संघर्षपछि स्थापित गणतन्त्र समाप्त हुने स्थितिमा पुगेको बताएकी हुन् । अध्यक्ष ओलीले गणतन्त्र ल्याउन योगदान गरेका योद्धाहरूलाई कारबाही गरेर आफू सत्ता र कुर्सी जोगाउने खेलमा लागेको आरोपसमेत लगाइन् ।

अध्यक्ष ओलीका कारण अहिले पार्टी मात्रै नभई मुलुक नै अप्ठ्यारो स्थितिमा परेको पनि नेतृ शाक्यले बताइन् । उनले भनिन्, ‘कम्युनिस्ट पार्टी मात्रै होइन, मुलुक अप्ठ्यारोमा परेको छ । संकटमा परेको छ । गणतन्त्र, लोकतन्त्र कमजोर बनाउने उहाँकै कारणले भइराखेको छ र देशको आर्थिक रूपान्तरण, सामाजिक रूपान्तरणको दिशातिर जसरी अगाडि बढ्नुपर्ने हो उहाँकै कारणले भइराखेको छैन । सत्तालिप्सा, सत्तालिप्सा, कुर्सीलिप्सा मात्रै, अनि गणतन्त्र ल्याउनका लागि बलिदान गर्ने योद्धाहरू, अनि एकजना व्यक्ति सत्तालिप्सा भएर कुर्सीलिप्सा गरेर गणतन्त्रलाई नै समाप्त गर्ने खालको दुस्साहस गर्ने यो सुहाउने कुरा होइन ।’

अध्यक्ष ओलीमा आफू ठूलो पदमा पुगेँ भन्ने दम्भ रहेको पनि नेतृ शाक्यले बताइन् । त्यही दम्भका कारण अहिले देश अप्ठ्यारोमा परेको पनि बताइन् । उनले भनिन्, ‘मलाई उहाँ सच्चिनुहोला जस्तो लाग्दैन । उहाँमा दम्भ छ, घमन्ड छ, उहाँलाई ठूलो पदमा पुगेँ अब जिन्दगीमा कहिल्यै पुग्नेछैन, त्यसैले अब मैले कोसँग माफी माग्ने, कोसँग मैले आफ्नो कमजोर स्थिति बनाउनुपर्छ ? पर्दैन, म ठूलो ठाउँमा पुगेँ प्रधानमन्त्रीजस्तो ठूलो ठाउँमा, पार्टी अध्यक्षजस्तो ठूलो ठाउँमा पुगेँ भनेर उहाँमा जे दम्भ छ त्यो दम्भले आज मुलुक अप्ठ्यारोमा परेको छ ।