मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
गगन अयडी बाजुरा
२०७८ बैशाख १ बुधबार १०:२६:००
Read Time : > 1 मिनेट
प्रदेश प्रिन्ट संस्करण

बाजुरामा तीन सय हेक्टर वन क्षेत्रमा क्षति

Read Time : > 1 मिनेट
गगन अयडी, बाजुरा
२०७८ बैशाख १ बुधबार १०:२६:००

बाजुराका विभिन्न जंगलमा आगलागी हुँदा दुई सय ९३ हेक्टर जंगल सखाप भएको छ । एक सातादेखि लागेको डढेलोले बाजुराका अधिकांश क्षेत्रमा ठूलो क्षति पुर्‍याएको छ । बाजुराका अधिकांश जंगलमा लागेको डढेलो अझै पूर्ण रूपमा नियन्त्रणमा आउन नसकेको जिल्ला वन डिभिजन कार्यालयका निमित्त कार्यालय प्रमुख शुभारचन्द अयडीले बताए ।

हरेक वर्ष वन संरक्षणका लागि सरकारले सचेतना कार्यक्रमको नाममा ठूलो धनराशी खर्च गरे पनि आगलागीबाट वन जोगिन सकेको छैन । बडिमालिका नगरपालिका–१ को भेरालमान्डौ सामुदायिक वनमा सबैभन्दा बढी क्षति पुगेको अयडीले जानकारी दिए । 

‘आगलागीबाट सो वनमा एक सय २० हेक्टर क्षेत्रमा क्षति पुगेको छ,’ उनले नयाँ पत्रिकासँग भने । त्यसैगरी, सोही नगरपालिकाको २ नम्बर वडामा पर्ने सल्लेना सामुदायिक वनको ६० हेक्टर, जाल्पा जनशक्ति कृषि सामुदायिक वनको ५० हेक्टर क्षेत्रमा, बडिमालिका नगरपालिका–७ को कोस्याडा सामुदायिक वनको २ हेक्टर र सोही वडाको खिरिडा भुजन्तोला सामुदायिक वनको २ दशमलव ५ हेक्टर जंगलमा क्षति भएको डिभिजन वन कार्यालय बाजुराले जनाएको छ ।

बडिमालिका नगरपालिका–१ को जाल्पादेवी सामुदायिक वनमा ३ हेक्टर, पिनालेक सामुदायिक वनमा २ हेक्टर, बिनिकोट सामुदायिक वनमा १५ हेक्टर, भोडिओडार सामुदायिक वनमा १० हेक्टर, गजयापातल बैठल सामुदायिक वनमा ४ हेक्टर, घटला सामुदायिक वनमा ४ हेक्टर क्षेत्रफलमा क्षति पुगेको छ । यस्तै, कालिका सल्लेरी सामुदायिक वनमा ३ हेक्टर, थापाथली सामुदायिक वनमा ५ दशमलव शून्य ५ हेक्टर र मस्टेश्वरी सामुदायिक वनको १ दशमलव ५ हेक्टर क्षेत्रफलमा आगलागी भएको वन कार्यालयको भनाइ छ । 

बढीनन्दा नगरपालिका वडा नम्बर २ मा रहेको बाहुनीमाडौं सामुदायिक वनमा ३ हेक्टर, नुरी सुगरखाल सामुदायिक वन वडा नम्बर २ मा २ दशमलव ५ हेक्टर जंगलमा क्षति भएको वन डिभिजन कार्यालयको तथ्यांकमा उल्लेख छ । त्यसैगरी, जगन्नाथ गाउँपालिकाको काउचा झुणकाटिया सामुदायिक वनमा २ दशमलव ५ हेक्टर जगंल क्षति भएको छ भने गौमुल गाउँपालिका वडा नम्बर ५ मा रहेको पोख्रा गड्यापातल सामुदायिक वनमा २ हेक्टर वनमा आगलागीबाट क्षति भएको छ ।

गौमुल गाउँपालिकाकै वडा नम्बर ५ मा रहेको तरपरेखर्क सामुदायिक वनमा ५ दशमलव शून्य पाँच हेक्टर जंगलमा क्षति भएको छ भने सोही गाउँपालिकाको वडा नम्बर १ मा रहेको सूर्योदय सामुदायिक वनमा १ दशमलव ५ हेक्टरमा क्षति पुगेको छ ।