मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत ६ मंगलबार
  • Tuesday, 19 March, 2024
एजेन्सी यांगुन
२०७७ चैत २७ शुक्रबार ०८:४८:००
Read Time : < 1 मिनेट
विश्व प्रिन्ट संस्करण

म्यानमारमा एक सय २० कलाकार पक्राउ

Read Time : < 1 मिनेट
एजेन्सी यांगुन
२०७७ चैत २७ शुक्रबार ०८:४८:००

म्यानमारको सेनाले प्रदर्शनमा उत्रिएका एक सय २० कलाकारलाई नियन्त्रणमा लिएको छ । पछिल्लो समय सैनिक विद्रोहविरुद्धमा कला क्षेत्रमा आबद्ध कलाकारहरूले विरोध जनाइरहेका छन् । बिहीबार पक्राउ परेकामध्ये गायक र मोडल पाइङ ताखोन एक हुन् । उनी म्यानमार र थाइल्यान्डमा समेत चर्चित छन् । 

उनी म्यानमारको यांगुनबाट दक्षिणी सहरमा बस्दै आएका थिए । आमाको घरमा बसिरहेका उनलाई पक्राउ गर्नका लागि आठवटा ट्रकमा करिब ५० जना सैनिक आएका थिए । कलाकार ताखोनकी बहिनी थिथी लिविनले सामाजिक सञ्जालमा आफ्नो दाजुलाई सेनाले पक्राउ गरेको पुष्टि गरेकी छन् । 

कलाकार ताखोन बिरामी रहेका वेला सेनाले पक्राउ गरेको र उनलाई कहाँ लगेर राखिएको केही पनि जानकारी नभएको लिविनले बताएकी छन् । उनले पछिल्लो समयमा म्यानमारको सैनिकले विद्रोह गरेर सत्ता हत्याएको विरोधमा कार्यक्रम गर्दै आएका थिए । म्यानमारमा लोकतन्त्र बहाली गराउने आन्दोलनमा कलाकारहरूले विभिन्न कला प्रस्तुत गर्दै समर्थन गरिरहेका छन् । 

गत १ फेब्रुअरीमा सेनाले निर्वाचित सरकारलाई अपदस्थ गरी कु गरेको थियो । त्यसयता सेनाको कदमविरुद्ध म्यानमारका लेखक, पत्रकार, कलाकार, समाजका विभिन्न क्षेत्र र वर्गका नागरिकले सडकसंघर्ष जारी राखेका छन् ।