मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्तामल्टिमिडियाखेलकुदविश्वप्रवासकोरोना अपडेटकर्नर किकसम्पादकीयस्वास्थ्य र जीवनशैली१३औँ वार्षिकोत्सव विशेषांकफिचरलाेकसेवा१४औँ वार्षिकोत्सव विशेषांकप्रेरक प्रसंग१२औँ वार्षिकोत्सव विशेषांकसप्तरंगटर्निङ प्वाइन्ट्स-२०१९टर्निङ प्वाइन्ट्स-२०२०प्रदेशब्लगEnglishटर्निङ प्वाइन्ट्स-२०२१
  • वि.सं २०७८ जेठ ५ बुधबार
  • Wednesday, 19 May, 2021
नयाँ पत्रिका मकवानपुर
२०७७ चैत २७ शुक्रबार ०६:४७:००
Read Time : < 1 मिनेट
प्रदेश प्रिन्ट संस्करण

बागमती प्रदेश सभा बैठक अवरुद्ध

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, मकवानपुर
२०७७ चैत २७ शुक्रबार ०६:४७:००

बागमती प्रदेश सभा बैठक अवरुद्ध भएको छ । बिहीबारको बैठकमा विशेष समय लिएर प्रतिपक्षी दलका चार नेताले आ–आफ्नो धारणा राखेलगत्तै बैठक अवरुद्ध भएको हो । माओवादी केन्द्रका सांसदहरूले मुख्यमन्त्री डोरमणि पौडेलबाट यसअघिको बैठकमा उठाइएको राष्ट्रिय सरोकारका विषयमा थप स्पष्ट जवाफ नदिएसम्म बैठक सञ्चालन गर्न नदिने भनेपछि अवरुद्ध भएको हो ।

बागमती प्रदेश सभाका सभामुख सानुकुमार श्रेष्ठले अर्को सूचना जारी नभएसम्मका लागि प्रदेश सभा बैठक स्थगन गरिएको बताए । त्यसअघि विशेष समय लिएर बोल्दै कांग्रेस नेता इन्द्रबहादुर बानियाँले प्रदेश सरकारले अहिले स्वास्थ्य क्षेत्रलाई उच्च प्राथमिकतामा राख्नुपर्ने समयमा मन्त्रिपरिषद्ले आवश्यकीय कार्यविधि र मापदण्ड तयार नगरी विद्युतीय बस खरिदका लागि प्रक्रिया अघि बढाएकाले भ्रष्टाचारलाई प्रोत्साहन गर्न खोजिएको भन्दै आरोप लगाए । 

उनले सरकारले विगतका वर्षझैँ यस वर्षमा पनि सरकारको नीति–कार्यक्रम ल्याइँदा आइएनजिओहरूलाई अनुदान बजेट विनियोजन गर्ने प्रावधान नराखिएको स्मरण गराए ।