१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७७ चैत २६ बिहीबार ०७:१४:००
Read Time : < 1 मिनेट
समाचार प्रिन्ट संस्करण

पत्रकार महासंघको नेतृत्व चयन गर्न पहिलोपटक प्रत्यक्ष निर्वाचन

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७७ चैत २६ बिहीबार ०७:१४:००

नेपाल पत्रकार महासंघको इतिहासमा पहिलोपटक प्रत्यक्ष निर्वाचन प्रणालीअन्तर्गत नयाँ नेतृत्व चयनका लागि बुधबार मतदान भएको छ । महासंघका शाखा, प्रदेश र केन्द्रको नयाँ नेतृत्व चयन गर्न मतदान भएको हो ।

पत्रकार महासंघको अध्यक्षमा विपुल पोखरेल, निर्मला शर्मा र गजेन्द्र बुढाथोकी प्रतिस्पर्धामा छन् । लोकतान्त्रिक–प्रगतिशील–समावेशी प्यानलबाट पोखरेल अध्यक्षको उम्मेदवार छन् ।

लोकतान्त्रिक भनिएको यो प्यानलमा प्रेस युनियन, प्रेस सेन्टर र प्रेस चौतारी (खनाल–नेपाल) समूहको गठबन्धन छ । शर्मा प्रगतिशील–समावेशी प्यानलबाट अध्यक्षको उम्मेदवार बनेकी छन् । 

 नयाँ पत्रिका प्रतिष्ठान शाखामा गौतम
महासंघको नयाँ पत्रिका प्रतिष्ठान शाखामा भवानीश्वर गौतम नेतृत्वमा नयाँ कार्यसमिति सर्वसम्मत चयन भएको छ । समितिको उपाध्यक्षमा नवराज दाहाल, उपाध्यक्ष (महिला) मञ्जु टेलर, सचिव शंकर लामिछाने, सहसचिव (खुला) तीर्थराज अधिकारी, सहसचिव (समावेशी) नवीनकाजी राई, कोषाध्यक्ष अर्जुन अधिकारी निर्वाचित भएका छन् ।

यसैगरी, सदस्यमा नवराज शर्मा, नारायणप्रसाद ओली, भोजराज भण्डारी र सन्तोषकुमार राई, संघीय परिषद् सदस्यहरूमा नवराज मैनाली र भरतराज पोखरेल तथा प्रदेश परिषद् सदस्यहरूमा सुदीपकुमार ढुंगाना, नुनुता राई र विनोद पाण्डे चयन भएका छन् । नयाँ नेतृत्वलाई नयाँ पत्रिकाका सम्पादक उमेश चौहानले बधाई तथा शुभकामना दिएका थिए ।