मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
२०७७ चैत २५ बुधबार २३:२२:००
Read Time : < 1 मिनेट
मुख्य समाचार

पत्रकार महासंघ नयाँ पत्रिका प्रतिष्ठान शाखा अध्यक्षमा भवानीश्वर गौतम

Read Time : < 1 मिनेट
२०७७ चैत २५ बुधबार २३:२२:००

नेपाल पत्रकार महासंघको नयाँ पत्रिका प्रतिष्ठान शाखामा भवानीश्वर गौतमकाे नेतृत्वमा नयाँ कार्यसमिति सर्वसम्मत चयन भएको छ । समितिको उपाध्यक्षमा नवराज दाहाल, उपाध्यक्ष (महिला) मञ्जु टेलर, सचिव शंकर लामिछाने, सहसचिव (खुला) तीर्थ अधिकारी, सहसचिव (समावेशी) नवीनकाजी राई, कोषाध्यक्ष अर्जुन अधिकारी चयन भएका छन् ।

यसैगरी, सदस्यमा नवराज शर्मा, नारायणप्रसाद ओली, भोजराज भण्डारी र सन्तोषकुमार राई, संघीय परिषद् सदस्यहरूमा नवराज मैनाली र भरतराज पोखरेल तथा प्रदेश परिषद् सदस्यहरूमा सुदीपकुमार ढुंगाना, नुनुता राई र विनोद पाण्डे चयन भएका छन् ।