मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
नयाँ पत्रिका काठमाडौं
२०७७ चैत २४ मंगलबार २१:५८:००
Read Time : < 1 मिनेट
खेलकुद डिजिटल संस्करण

पूर्वखेलाडी निलेन्द्र सम्मानित

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७७ चैत २४ मंगलबार २१:५८:००

नेपाल सितेरियो कराते संघ, देउराली डोजोले नेपाल पेट्रोलियम डिलर्स राष्ट्रिय एसोसिएसनको अध्यक्षमा निर्वाचित आफ्ना संस्थापक सदस्य एवं पूर्वखेलाडी निलेन्द्रप्रसाद प्रधानलाई सम्मान गरेको छ ।

डोजोले मंगलबार नयाँ बानेश्वरस्थित आफ्नै कार्यालयमा एक कार्यक्रमको आयोजना गरी निलेन्द्रलाई सम्मान गरेको हो । डोजोको तर्फबाट निलेन्द्रलाई अध्यक्ष राजेश जोशीले सम्मान गरेका हुन् । 

निलेन्द्रले आफ्नै परिवारबाट सम्मानित हुन पाउँदा निकै खुसी लागेको बताए । उनी कराँतेका पूर्वराष्ट्रिय खेलाडी हुन् ।  निलेन्द्रले देउराली डोजोबाट विभिन्न राष्ट्रिय प्रतियोगितासमेत खेलेका थिए। 

यसैसाता सम्पन्न भएको नेपाल पेट्रोलियम डिलर्स राष्ट्रिय एसोसिएसनको ४२औँ साधारण सभाबाट निलेन्द्र अध्यक्ष निर्वाचित भएका हुन् । अध्यक्षको रुपमा उनको यो लगातार तेस्रो कार्यकाल हो ।