१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १४ शुक्रबार
  • Friday, 26 April, 2024
मनिष खड्का 
२०७५ फाल्गुण ३ शुक्रबार १७:३२:००
Read Time : < 1 मिनेट
प्रदेश

मुसीकोटबाट सात जुवाडे पक्राउ 

Read Time : < 1 मिनेट
मनिष खड्का 
२०७५ फाल्गुण ३ शुक्रबार १७:३२:००

जिल्लाको मुसीकोट नगरपालिका १ सल्लेबाट प्रहरीले जुवा खेलिरहेको अवस्थामा सात जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा रुकुम पूर्वको पुथाउत्तरगंगा गाउँपालिका ५ हुकामका ३५ वर्षीय दिनेश घर्ती, पुथाउत्तरगंगा गाउँपालिका १२ कोलका ४० वर्षीय पञ्चबहादुर पुन, मुसीकोट नगरपालिका १ सल्लेका २९ वर्षीय सन्तोष पुन र सोही ठाउँका २६ वर्षीय सन्दीप पुन रहेका छन् । 

त्यस्तै मुसीकोट नगरपालिका १ सल्लेकै २९ वर्षीय ताराबहादुर पुन, सोही ठाउँकै रेशमकुमार सोनी र उक्त ठाउँकै ३५ वर्षीय मदन कुमार मल्ल जुवाको खालबाट पक्राउ परेको प्रहरीले जनाएको छ । उनीहरुको साथबाट प्रहरीले १४ हजार दुई सय ५५ रुपैयाँ बरामद गरेको छ । उनीहरुलाई जिल्ला प्रशासन कार्यालयबाट १० दिनको म्याद थप गरी हिरासतमा राखिएको जिल्ला प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक सुमित खड्काले जानकारी दिए ।