Skip This
Skip This
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
२०७७ चैत २४ मंगलबार ०९:५२:००
Read Time : < 1 मिनेट
खेलकुद प्रिन्ट संस्करण

१९औँ आहा–रारा गोल्डकप संकटा अन्तिम चारमा 

Read Time : < 1 मिनेट
२०७७ चैत २४ मंगलबार ०९:५२:००

पोखरामा जारी १९औँ संस्करणको आहारारा गोल्डकप फुटबल प्रतियोगिताको अन्तिम चारमा संकटा क्लबले आफ्नो स्थान सुरक्षित गरेको छ भने मनाङ मर्स्याङ्दी क्लब बाहिरिएको छ । सोमबार भएको प्रतियोगिताको तेस्रो क्वार्टरफाइनलको खेलमा संकटाले गत वर्षको विजेता मनाङलाई १–० गोलले पराजित गर्दै अन्तिम चारणमा आफ्नो स्थान सुरक्षित गरेको हो ।

खेलको ४४औँ मिनेटमा संकटाका अफ्रिकन खेलाडी फोफोनाले गरेको गोल निर्णयक बन्यो । जितसँगै संकटाले फाइनल प्रवेशका लागि २५ चैतमा हुने समेमिफाइनल खेलमा शसस्त्र प्रहरीको नेपाल एफिएफ क्लबसँग भिड्नेछ ।

खेलमा सुरुदेखि नै दुवै टोलीले गोलका लागि केही अवसरहरू सिर्जना गरे पनि सो अवसर सदुपयोग गर्न सकेनन् । खेलको अन्तिमसम्म मनाङ गोल गर्ने प्रयासमा रहे पनि असफल भएपछि प्रतियोगिताबाट बाहिरिएको थियो । 

हिमश्री फुड्स प्रालिको उत्पादन आहा तथा रारा तयारी चाउचाउको मुख्य प्रायोजनमा भएको प्रतियोगितामा ए डिभिजनका क्लबहरू, मोफसल र आयोजक सहारा गरी आठ टोलीको सहभागिता रहेको छ । २८ चैतसम्म सञ्चालन हुने प्रतियोगिताको विजेता टोलीले १० लाख एक हजार र उपविजेता टोलीले ५ लाख १ हजार रुपैयाँ पुरस्कार पाउनेछन् ।