१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १५ शनिबार
  • Saturday, 27 April, 2024
अर्जुन अधिकारी
२०७५ फाल्गुण ३ शुक्रबार १६:२४:००
Read Time : < 1 मिनेट
मुख्य समाचार

कांग्रेस नेताद्वारा वीर अस्पतालमा अक्षय कोष स्थापना

Read Time : < 1 मिनेट
अर्जुन अधिकारी
२०७५ फाल्गुण ३ शुक्रबार १६:२४:००

वीर अस्पताल उपचार गर्न आउने गरिब तथा सीमान्तकृत वर्गको स्वास्थ्य उपचारलाई सहजता बनाउन अक्षय कोषको स्थापना गरिएको छ । शुक्रबार नेपाली कांग्रेसका नेता नविन्द्रराज जोशीले आफ्ना स्वर्गीय पिताकाे नाममा १० लाख रुपैयाँको अक्षय कोष स्थापना गरेका हुन् । 

नेता जोशीले आफ्ना बुवा गजेन्द्रराज जोशीको नाममा कोष स्थापना गरी वीर अस्पताललाई उक्त रकम हस्तान्तरण गरेका थिए । अस्पतालले उक्त रकम बैंकमा फिक्स डिपोजिट गरी राखेको छ । बैंकबाट एक वर्षमा लाख रुपैयाँ ब्याज आउने र सोही ब्याजबाट गरिब बिरामीलाई सेवा दिइने अस्पतालका निर्देशक प्रा.डा भूपेन्द्र कुमार बस्नेतले बताए । 

कलेजो रोगबाट पीडित जोशीले पटक पटक वीर अस्पतालमा उपचार गराए पनि गत वर्ष माघ ५ गते ८३ वर्षको उमेरमा निधन भएको थियो । बुबाको चाहनाअनुसार आफूले १० लाखको अक्षय कोष स्थापना गरेको नविन्द्र राजले बताए । निर्देशक बस्नेतका अनुसार हरेक वर्ष फरक फरक विभागमा उक्त रकमबाट सहयोग गरिनेछ । यो वर्ष मेडिसिन विभागमा भर्ना भएका गरिब बिरामीलाई सहयोग गरिने छ ।