मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १५ बिहीबार
  • Thursday, 28 March, 2024
नयाँ पत्रिका काठमाडौं
२०७७ चैत २० शुक्रबार ०६:४६:००
Read Time : < 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

नबिल, आइएमई रेमिट र कामना सेवा उत्कृष्ट करदाताका रूपमा सम्मानित

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७७ चैत २० शुक्रबार ०६:४६:००

आर्थिक वर्ष ०७५/७६ मा बैंक तथा वित्तीय संस्थाहरूमध्ये सबैभन्दा बढी कर्पाेरेट ट्याक्स बुझाउने नबिल बैंकलाई आन्तरिक राजस्व विभागले सम्मान गरेको छ । बैंकले गत वर्ष १ अर्ब ९० करोड रुपैयाँ कर तिरेको थियो । 

विभागले गत मंसिरमा कर दिवसको अवसर पारेर बैंकहरूमध्ये सबैभन्दा बढी कर्पाेरेट ट्याक्स बुझाउने सूचीमा नबिल बैंकलाई राखेको थियो । पछिल्लो १० वर्षमा नबिल बैंकले उच्च कर भुक्तानी गरेको यो पाँचौँपटक हो । बैंकले व्यापार प्रवद्र्धन, रोजगारी सिर्जना र ट्याक्सका रूपमा राज्यको योगदानमा केन्द्रित रहेको छ ।

नबिल बैंकले अहिलेसम्म राज्यलाई १५ अर्ब ६ करोड रुपैया“ कर बुझाएको छ । यो भनेको बैंकको कुल पुँजीको १.५ गुना बढी हो । बैंकले अहिलेसम्म १८ सय ७५ प्रतिशत लाभांश वितरण गरिसकेको छ । 

विप्रेषणतर्फ आइएमई रेमिट
आइएमई रेमिट विप्रेषणतर्फ सबैभन्दा धेरै आयकर तिर्ने कम्पनीका रूपमा सम्मानित भएको छ । बिहीबार आन्तरिक राजस्व विभागले आयोजना गरेको कार्यक्रममा अर्थ मन्त्रालयका राजस्व सचिव रामशरण पुडासैनीले आइएमई ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकाललाई सम्मानपत्र प्रदान गरे ।

यसअघि आइएमईले लगातार तीनपटकसम्म सबैभन्दा धेरै आयकर तिरेर यो सम्मान प्राप्त गरिसकेको छ । रोजगारीका लागि विदेशमा गएका युवाहरूले आर्जन गरेको रेमिट्यान्स बैंकिङ च्यानलमार्फत नेपाल भित्र्याउने उद्देश्यले दुई दशकअघि आइएमई रेमिट्यान्स सञ्चालनमा आएको हो ।

मध्यमवर्गमा कामना सेवा 
कामना सेवा विकास बैंक आर्थिक वर्ष ०७५/७६ मा मध्यमस्तरीय उत्कृष्ट करदाताका रूपमा सम्मानित भएको छ । बैंकलाई आव ०७४/७५ मा पनि आन्तरिक राजस्व विभागद्वारा सबैभन्दा बढी आयकर दाखिला गरेबापत सम्मान प्रदान गरिएको थियो ।